गाउँमा सडक पुग्दा हर्ष

गाउँमा सडक पुग्दा हर्ष

बैतडी :  जिल्लाको दशरथचन्द नगरपालिका जिल्ला सदरमुकाम भएको नगरपालिका हो । तर, संघीय संरचना गर्दा गाभिएका साविकका गाविसका गाउँमा अझै सडक पुगेको छैन । नगरपालिकाले चालु आर्थिक वर्षमा ग्रामीण क्षेत्रमा सडक पु¥याउने कामलाई प्राथमिकतामा राखेपछि स्थानीय खुसी भएका छन् ।

नगरपालिका–१ को दुर्गमबस्तीका रूपमा रहेको कलौन र पिपलथलामा सडक पुगेपछि स्थानीय हर्षित बनेका हुन् । ‘मुख्य राजमार्गबाट हाम्रो गाउँ पुग्ने सडक निर्माण सुरु भएको १० वर्ष बित्यो । अहिले जनप्रतिनिधि आएपछि गाउँमा सडक पुगेको छ । आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुसी भएको छ ।’ दशरथचन्द नगरपालिका–१ का ८० वर्षीय शेरबहादुर पाण्डेयले भने, ‘गाउँमा सडक पुगेपछि निकै खुसी भएको छु ।’

गाउँलेले उत्पादन गरेको कृषि उपज सहजै बजारमा पुर्‍याउन सकिन्छ । कुनै दुःख बिमार भए गाडीमा जान सकिन्छ । विकासको आधार भनेको सडक रहेछ । सडक पुगेपछि म धेरै खुसी भएको छु ।’ दशरथचन्द नगरपालिका र वडा नम्बर १ को कार्यालयको लागतमा करिब २ किलोमिटर सडक निर्माण भएपछि कलौन, खाललगायत बस्तीका नागरिकलाई सजिलो भएको छ । ‘हाम्रा बालबालिकालाई विद्यालय जान पनि सजिलो हुन्छ ।

‘गाउँमा सडक पुगेपछि हामीलाई अन्य विकास निर्माण अघि बढाउन सजिलो हुने विश्वास गरेका छौं’, स्थानीय मणिराज भट्टले भने, ‘हाम्रो गाउँका अधिकांश नागरिक तरकारी खेतीमा लागेका छन् । अब उनीहरूको बजारमा सहज पहुँच पुग्ने भएको छ । यो सडकलाई चाँडै स्तरोन्नति गर्न नगरपालिकासँग मागसमेत गरेका छौँ ।’

गाउँमा सडक पुगेपछि स्थानीय परमानन्द भट्ट निकै खुसी भएका छन् । व्यावसायिक तरकारी खेती र फलफूलको नर्सरीमा लागेका भट्ट गाउँमै ढुवानी गर्न सकिने भएपछि खुसी भएका हुन् । उनले भने, ‘म डेढ दशकदेखि तरकारी खेती र फलफूलका बिरुवा उत्पादन गर्दै आएको छु । ढुवानी गर्न निकै समस्या थियो । अब सडक पुगेपछि मजस्ता किसानलाई सजिलो भएको छ ।’

वडाबासीको सडकमा पहुँच पु¥याउन वडा कार्यालयले सडक निर्माणलाई प्राथमिकतामा राखेको वडाध्यक्ष भुवनराज भट्टले बताए । उनले भने, ‘वडा कार्यालयले १४ लाख लागतमा गुरुखोला–खाल–कलौन सडक निर्माण गरेको हो । यस्तै, १० लाख बढीको लागतमा पिपलथला सडक निर्माण गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.