टोपे खोलामा ठुलो पहिरो, नारायणगढ-मुग्लिङ सडक ठप्प

टोपे खोलामा ठुलो पहिरो, नारायणगढ-मुग्लिङ सडक ठप्प

चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत टोपे खोलामा ठूलो पहिरो झरेपछि सवारीसाधन ठप्प भएको छ । सोमबार बिहान पौने १२ बजेको समयमा ठूलो पहिरो झरेपछि सडक पूर्णरुपमा ठप्प भएको हो । विहानैदेखि यो सडकखण्डमा साना पहिरोले सवारीसाधन अवरुद्ध गरेको थियो । पहिरो खस्ने क्रम जारी रहेकाले हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले बताए । 

टोपेखोलामा ठूलो पहिरो झर्नुका साथै निरन्तर वर्षा भएरहाकोले सडक सुचारु हुन धेरै समय लाग्ने उनले बताए । उनले आज नारायणगढ-मुग्लिन सडकखण्डबाट सकेसम्म यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

यसैबीच नारायण-मुग्लिन सडकखणडमा पटक-पटक पहिरो खसी अवरोध हुने भएपछि आमसर्वसाधारणले मोबाइलबाटै हेर्न मिल्ने गरी नारायणगढदेखि मौवा खोलासम्मको अवस्था थाहा पाउन  nmt टाइप गरेर 34848 मा पठाउन सकिने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.