प्रदेश राजधानी पोखरा, सांसदहरु भन्छन्ः काठमाडौँ जस्तो नबिग्रोस

प्रदेश राजधानी पोखरा, सांसदहरु भन्छन्ः काठमाडौँ जस्तो नबिग्रोस

पोखराः प्रदेश ४ को स्थायी राजधानी पोखरा पक्का भएको छ । प्रदेश सभाको सोमबारको बैठकमा सहभागी ५२ जना सबै सांसदको एकमतले राजधानी पोखरा बनाउने प्रस्ताव पारित गरेको हो । 

नेकपाका सांसद कृष्णबहादुर थापाले पोखरालाई प्रदेशको राजधानी तोकियोस् भनेर राखेको प्रस्तावलाई प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले समर्थन गरेका थिए । 

सभामुखको जिम्मेवारी सम्हालेकी उपसभामुख सिर्जना शर्माले मत विभाजनका आधारण उक्त प्रस्तावलाई निणयार्थ प्रस्तुत गरेकी थिइन् । ५९ सांसद रहेको सभामा उपस्थित ५२ जना सबै सांसदले पोखरालाई राजधानी तोकियोस् भन्ने प्रस्तावको पक्षमा हस्ताक्षर गरी मत जाहेर गरे । 

विपक्षमा शून्य मत परेपछि सभामुख शर्माले प्रदेश सभाको दुईतिहाई मतबाट उक्त प्रस्ताव पारित भएको घोषणा गरिन् । सभामुख नेत्रनाथ अधिकारी बिरामी परेर लामो समयदेखि उपस्थित हुन नसकेको हुँदा उपसभामुख शर्माले उनको जिम्मेवारी सम्हालेकी छन् । २ मत त्यस कारण घटेको थियो भने ६ जना सांसद सोमबार अनुपस्थित भएका हुन् । 

मतदान प्रक्रिया सुरु भएर सभाका ढोका बन्द भइसकेपछि पुग्नाले अर्थमन्त्री किरण गुरुङले मत राख्न पाएनन् । नेकपाका सांसदहरु विनोद केसी, जनकलाल श्रेष्ठ, जूनादेवी नेपाली र कांग्रेस सांसद मेखलाल श्रेष्ठ सोमबार अनुपस्थित थिए । 

प्रदेश राजधानी तोक्ने विषयको छलफलमा आइत र सोमबार गरी ४० सांसदले भाग लिए । सबै सांसदले राजधानी पोखरा नै हुनुपर्ने विचार व्यक्त गरे । कांग्रेस सांसद कुमार खड्काले राजधानी बनाइसकेपछि यातायात व्यवस्थित हुनुपर्ने धारणा राखे । उनले पोखराको भौगर्भिक अवस्थाका कारण भूमिगत रेल चलाउन नसकिने हुँदा स्थल यातायातको विकल्प नभएको बताए । 

सत्तारुढ नेकपाका सांसद धनञ्जय दवाडीले पोखरा राजधानीको स्वाभाविक हकदार भएको बताए । ‘पोखराले आज पनि कलासाहित्यका माध्यमबाट अगुवाइ गरिरहेकै छ, अब पोखराले सिंगो देशको राजनीतिक नेतृत्व गर्नुपर्छ’, उनले आइतबार भनेका थिए, ‘तर हिजो पोखरामा चिलगाडी चढेर ठेला आएको थियो, अब विचार पनि चिलगाडी चढेर ठेला लिएर नआओस्, विचारको पनि उडानै हुन सकोस् ।’ 

मधेस, खसान र भोटसँग ‘नेपाल’ले सम्पर्क सम्बन्ध स्थापित गर्ने सेतु पनि हिजोका दिनमा पोखरै रहेको र गोरखा राज्यले कास्कीलाई आँखा लगाउन नसकेको स्मरण पनि सांसद दवाडीले गरे । 

नेकपा सांसद राजीव पहारीले पोखरा राजधानी बनिसकेपछि छाडा चौपायको लावालस्कर देखिन नहुने विचार व्यक्त गरे । उनले भने, ‘राजधानीबासीले स्वच्छ पिउने पानी खान पाउनुपर्यो ।’ प्रदेश राजधानी र नामांकन सम्बन्धमा बनेको समितिले बुझाएको प्रतिवेदन टेबुल भएपछि आइतबारबाट त्यसमाथि सभामा छलफल सुरु भएको हो । 

प्रदेश सभाको सोमबारको बैठकमा नेकपाका सांसद विकास लम्सालले पोखरालाई राजधानी बनाइरहँदा यसको भू–बनोटबारे ख्याल गरिनुपर्ने बताए । ‘धेरै जनघनत्व भयो भने व्यवस्थापन कठिन हुनसक्छ’, उनले भने, ‘अहिले पनि विज्ञले साढे २ तलेभन्दा अग्ला घर बनाउन नहुने सुझाव दिँदा पनि १०÷१२ तले घर बनिरहेका छन् ।’ 

प्रदेश सभामा कायम सदस्यको दुईतिहाइ मतले राजधानी तोक्नसक्ने व्यवस्था संविधानले गरेको छ । त्यसैअनुसार प्रदेश ४ को राजधानी प्रदेश सभाले तोकेको हो । यसअघि प्रदेश सभाले राजधानी र नामांकन विषयमा सुझाव दिन गएको चैत १२ गते समिति गठन गरेको थियो । 

समितिको प्रतिवेदन २१ जेठमा सभामा बुझाइ १० असारमा टेबुल भएको थियो । २ दिनको छलफलबाट राजधानी तोकिएपछि अब भने नामांकनको काम बाँकी भएको छ । समितिले प्रदेश राजधानी पोखरा तोक्न र नाम क्रमशः गण्डकी, तमुवान-मगराँत, गोरखा र धौलागिरि राख्न प्राथमिकतासहित सिफारिस गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.