पहिलो हाफमा ब्राजिल–मेक्सिको गोलरहित बराबर
काठमाडौँः यो पटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको ब्राजिलले मेक्सिकोसँग पहिलो हाफ बराबरी खेलेको छ । बलियो भनिएको ब्राजिललाई मेक्सिकोले सुरुमा दबाबमा राख्यो । उसले केही राम्रा मुभ निकालेर ब्राजिलविरुद्ध आफू कम्जोर नभएको संकेत दियो ।
अर्कातिर ब्राजिलले पनि मेक्सिकोको डी बक्समा केही राम्रा मुभ निकाले पनि स्कोर गर्न सकेन । एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राख्यो ।
मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरे । तर, ब्राजिलले मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सक्यो । मेक्सिकोले ५१ प्रतिशत बल पोजेसन बनायो भने ब्राजिल केही दबाबमा पर्दै ४९ प्रतिशत पोजेसन बनाउन सक्यो ।
ब्राजिलले ११ पटक गोलका लागि प्रयास गर्दा मेक्सिकोले ४ पटक गोलको प्रयास गर्यो । दुवै टिमले ३–३ पटक कर्णर किकको अवसर पाए । ब्राजिलले ९ पटक फ्री किक हान्दा मेक्सिकोले चार पटक हानेको छ ।