मेक्सिकोविरुद्ध नेमारको गोलमा ब्राजिललाई अग्रता
![मेक्सिकोविरुद्ध नेमारको गोलमा ब्राजिललाई अग्रता](https://annapurnapost.prixacdn.net/media/albums/Neymar-celebrates_20180702151859_qexXAS3ts5.jpg)
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत प्रि क्वार्टर फाइनल खेलमा नेमारको गोलमा ब्राजिलले मेक्सिकोविरद्ध अग्रता बनाएको छ ।
खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएका छन् । दुवै टोलीले गोलका लागि प्रयास गरिरहेका बेला ब्राजिलले अग्रता लिएको हो ।
बलियो भनिएको ब्राजिललाई मेक्सिकोले पहिलो हाफको सुरुमा दबाबमा राखेको थियो । उसले केही राम्रा मुभ निकालेर ब्राजिलविरुद्ध आफू कम्जोर नभएको संकेत दिएको थियो ।
अर्कातिर ब्राजिलले पनि मेक्सिकोको डी बक्समा केही राम्रा मुभ निकाले पनि स्कोर गर्न सकेको थिएन । एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राखेको थियो ।
मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरेका थिए । तर, ब्राजिलले पनि मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सकेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)