मेसी र रोनाल्डो भन्दा नेमार अगाडि
रुस: ब्राजिलका स्ट्राइकर नेमारको यो दोस्रो विश्वकप फुटबल हो । उनले अहिलेसम्म विश्वकपमा ६ गोल गरिसकेका छन् । ६ गोल गर्ने क्रममा उनले अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा कम सट हानेका छन् । मेसीले ६७ सट र रोनाल्डोले ७४ सट हानेका थिए । तर नेमारले केवल ३८ सटमा ६ गोल गरिसकेका छन् ।
सबैभन्दा अगाडी नेमार
गोलका लागि सट हान्ने मामिलामा पनि नेमार सबैभन्दा अगाडि छन् । ब्राजिलका लागि नेमार यस विश्व कपमा मैदानमा व्यस्त देखिन्छन् । पटक पटक लडिरहने उनलाई ड्रामा किङ पनि भन्न थालिएको छ।
उनले यो विश्व कपमा कुनै पनि अन्य खेलाडीको भन्दा धेरै २३ सट गोलका लागि हानेका छन् । जसमा १२ टार्गेटमा थिए । नेमारले आफ्ना साथीहरुका लागि गोल गर्ने १६ अवसर दिएका छन् । अर्कातिर उनीमाथि सबैभन्दा धेरै २३ पटक फाउल गरिएको छ।