केनविरुद्ध फाल्काओ

केनविरुद्ध फाल्काओ

मस्को : जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा मंगलबार राति इङ्ल्यान्ड र कोलम्बिया भिड्दै छन् । यो खेलपछि विश्वकपको २१औं संस्करणको क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । कोलम्बिया समूह ‘एच’को विजेता र इङ्ल्यान्ड समूह ‘जी’को उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा यी दुवै टोलीले दुई÷दुई जित हात पारेका छन् भने एक खेलमा पराजय बेहोरेका छन् ।

इङ्ल्यान्ड आफ्नो अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो भने कोलम्बिया अन्तिम खेलमा सेनेगललाई १–० ले हराउँदै विजेता बनेको हो । पछिल्लो दुई संस्करणमा प्रिक्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्न नसकेको इङ्ल्यान्ड यस पटक उपाधिकै योजनामा छ । समूहगत चरणको प्रदर्शनलाई हेर्दा इङ्ल्यान्डले आफ्नो उपाधि योजनामा खरो उत्रने संकेत दिएको छ ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वार्टरफाइनल चरणबाटै बाहिरिएको कोलम्बिया पनि आफ्नो त्यो यात्रालाई अझ अघि बढाउने उद्देश्यमा हुनेछ । यद्यपि इङ्ल्यान्ड जस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्नुअघि कोलम्बियालाई आफ्ना स्टार खेलाडी जेम्स रोड्रिगेजको चोटले निकै सताएको छ । ब्राजिल विश्वकपका सर्वाधिक गोलकर्ता रोड्रिगेजले इङ्ल्यान्डविरुद्ध खेल्ने÷नखेल्ने अझै निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा हेरी केनजस्ता सशक्त स्ट्राइकर भएको इङ्लिस टोलीसँगको प्रतिस्पर्धा कोलम्बियालाई मुस्किल हुन सक्छ ।

यो खेललाई केन र राडामेल फाल्काओबीचको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ । टोट्टनहामका स्ट्राइकर केन जारी विश्वकपमा पनि इङ्ल्यान्डका महत्वपूर्ण खेलाडी बनेका छन् । टोलीका कप्तानसमेत रहेका उनी समूहगत चरणको खेलमा पाँच गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । फ्रान्सेली क्लब मोनाकोका स्ट्राइकर फाल्काओ पनि जारी विश्वकपमा टोलीका महत्वपूर्ण खेलाडी हुन् । कोलम्बियाले समूहगत चरणको दोस्रो खेलमा पोल्यान्डविरुद्ध ३–० को जित हात पार्दा फाल्काओले पनि एक गोल गरेका थिए ।

क्लबमा टोलीका मुख्य स्ट्राइकर रहेका उनले राष्ट्रिय टोलीबाट त्यही छवि दोहो¥याउन भने बाँकी नै छ । दुवै टोली स्टार खेलाडीले भरिएकाले खेल भने रोचक हुने निश्चित छ । इङ्लिस टोलीलाई टोट्टनहामका डेली अली, लेस्टर सिटीका जामी भार्डी, म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्ड र जेसी लिनगार्ड जस्ता क्षमतावान् युवा खेलाडीको साथ छ ।

कोलम्बियासँग पनि राम्रा खेलाडीको कमी छैन । रक्षक ऐरी मिनाले कोलम्बियाका लागि लगातार दुई खेलमा गोल गरेका छन् । विश्वकपमा यसअघि भएको प्रतिस्पर्धाको नतिजाले भने इङ्ल्यान्डलाई बलियो देखाएको छ । मात्र एक पटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा भेट हुँदा इङ्ल्यान्ड २–० ले विजयी बनेको थियो । समग्रमा भने पाँच पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा इङ्ल्यान्डले तीन खेलमा जित हात पारेको छ । दुई खेल बराबरीमा सकिएको छ ।

विगतमा दुई टोली

कुल खेल : ५

इङ्ल्यान्ड विजयी : ३

कोलम्बिया विजयी : ०

बराबरी : २

इङ्ल्यान्डको यात्रा

ट्युनिसियाविरुद्ध १–२ गोलले विजयी

पानामाविरुद्ध १–६ गोलले विजयी

बेल्जियमविरुद्ध १–० गोलले पराजित

कोलम्बियाको यात्रा

जापानविरुद्ध २–१ गोलले पराजित

पोल्यान्डविरुद्ध ०–३ गोलले विजयी

सेनेगलविरुद्ध ०–१ गोलले विजयी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.