लिग फुटबल नियमित गरिने

लिग फुटबल नियमित गरिने

 धरान : अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादका कारण स्थगित भएको राष्ट्रिय लिग फुटबल आगामी वर्षदेखि नियमित सञ्चालन हुने भएको छ । एन्फाको विवादका कारण अलपत्र परेको धरानस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गर्न सोमबार आएका एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पत्रकारसँग कुरा गर्दै लिगलाई निरन्तरता दिने बताए ।

शेर्पाले २०७६ देखि सहिद स्मारक राष्ट्रिय लिग र पे्रसिडेन्ट कपलाई निरन्तरता दिने, मोफसलमा सञ्चालन हुँदै आएका फुटबल प्रतियोगिताको समेत स्तरोन्नति गरी सातवटै प्रदेशमा फुटबलको विकासलाई जोड दिइने बताए । कानुन अभावका कारण फुटबल क्षेत्रको विकास गर्न समस्या भएको भन्दै शेर्पाले एन्फाको कानुन बनाई जिल्ला लिगसमेत सञ्चालन गर्ने बताए । उनले लामो समयदेखि बन्द रहेका एन्फा टेक्निकल सेन्टरहरू आगामी शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने पनि बताए ।

 २०५७ सालमा विश्व फुटबल संघ (फिफा)को गोल प्रोजेक्टमार्फत एन्फाले धरान नगरपालिकासँग ३० वर्षका लागि जग्गा भाडामा लिएर टेक्निकल सेन्टर स्थापना गरेको थियो । २०५९ सालमा निर्माण सम्पन्न भएको उक्त सेन्टर २०६६ देखि २०७० सालसम्म सञ्चालन भएर बन्द भएको छ । शेर्पाले बन्द टेक्निकल सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.