माण्डवीमा विद्युतीय हाजिरी
देविस्थान(प्यूठान) : समयमै शिक्षक÷कर्मचारीहरुको उपस्थिति गराउने उद्देश्यले माण्डवी गाउँपालिकाले सबै माध्यमिक विद्यालय र वडा कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । माण्डवी मावी नयाँगाउ, कामाक्षी मावी धोवाघाट उदयपुरकोट, सुननानी आधारमावी मर्कावाङ र गणेश मावी तिराममा विद्युतीय हाजिरी जडान भएको छ ।
‘पहिलो चरणमा माध्यमिक विद्यालयमा जडान ग¥यौँ’,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले भने,‘आगामी वर्ष प्रावी र निमावी सबैमा पु¥याउने योजना छ ।’ शिक्षकहरुलाई नियमित र समयमै उपस्थिति गराउन यसले सजग गराएको उनले जानकारी गराए । गाउँपालिका कार्यालयबाट शिक्षकहरुले हाजिरी गरे नगरेको अभिलेख समेत गर्न सकिने उनले बताए । पाँवटै वडा कार्यालयमा पनि जडान गरिएको पौडेलले जानकारी दिए ।
सफ्टवेयर सहित चारलाख पँचास हजार रुपैयाँ लगानीमा विद्युतीय हाजिरी जडान भएको पालिकाले जनाएको छ । शिक्षक, कर्मचारीहरुको कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने योजना गाउँपालिकाले ल्याएको छ ।
चारवटा माविमा कार्यरत ७७ जना शिक्षकले विद्युतीय हाजिरी प्रयोग गरेका छन् । गाउँपालिकाभरी सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालयहरु रहेको गाउँ शिक्षा समितिका सदस्य समेत रहेका प्रअ पौडेलले जानकारी दिए ।