सिंगटीखोला हाइड्रो ७० प्रतिशत पूरा
सिंगटी (दोलखा) : दोलखाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी खोला जलविद्युुत् आयोजना निर्माण ७० प्रतिशत पूरा भएको छ । विगुु र कालिञ्चोक गाउँपालिका भएर बग्ने सिंगटी खोलामा चार वर्षअघि सुुरु गरिएको आयोजना अब एक वर्षभित्र पूरा गर्ने योजनाका साथ काम भइरहेको छ । कमजोर चट्टानका कारण आयोजनाको सबैभन्दा जटिल मानिएको सुुरुङको निर्माण कार्य करिब दुई तिहाई सम्पन्न भइसकेको छ । २०७६ जेठसम्ममा विद्युुत् उत्पादन गरिसक्ने आयोजनाको प्रर्वद्धक सिंगटी हाइड्रो इनर्जी प्राइभेट लिमिटेडले जनाएको छ ।
अहिले आयोजनाको निर्माण कार्य दुु्रत गतिमा भइरहेको आयोजना प्रमुुख मनोहरी सापकोटाले बताए । सापकोटाका अनुुसार आयोजनाको बाँधस्थल निर्माण ९२ प्रतिशत सम्पन्न भइसकेको छ । कुुल पाँच हजार नौ सय मिटर सुुरुङ निर्माण गर्नुुपर्नेमा बाँधस्थल नजिकबाट सुुरु गरिएको हेडरेर टनेल १३ सय ५० मिटर निर्माण भइसकेको छ । १६ सय मिटर अडिट टनेल तथा आउटलेट पाँच सय मिटर निर्माण गरिसकिएको आयोजनाले जनाएको छ । गत वर्ष बाढीका कारण आयोजनाले निर्माण गरेका संरचना तथा विभिन्न यन्त्र उपकरण समेत बगाउँदा ठूलो क्षति व्यहोर्नुु परेको थियो । आउटलेटमा लुुज रक आएकोले केही कठिन भएको छ । आउटलेटमा प्रोटेक्सनको काममा बढी समय खर्च गर्नुु पर्ने कारण निर्माण केही ढिला हुुन्छ कि भन्ने आशंका हो । सोरुङ खोलामा निर्माण गरिएको डिस्यान्डर बेसिनबाट ५० मिटर पेनस्टक पाइपमार्फत सुुरुङमा पानी पठाई करिब ६ किलोमिटर सुुरुङबाट निस्किएपछि थप एक किलोमिटर पेनस्टक पाइपमार्फत पानी सिंगटी बजार नजिक रहेको सतही पावर हाउसमा खसाल्ने योजना छ । असार मसान्तसम्ममा पावर हाउसको पनि ८० प्रतिशत काम सम्पन्न हुुने सापकोटाले बताए ।
१२ दशमलव ५ मेगावाट क्षमताका दुईवटा जेनेरेटरमार्फत २५ मेगावाट विद्युुत् उत्पादन गरिने सिंगटी हाइड्रो पावर इनर्जी लिमिटेडले जनाएको छ । विद्युुत् उत्पादनपछि सिंगटी बजार आसपासमा रहेको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुुल लगानी चार अर्ब ३३ करोडमध्ये विभिन्न १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।