कुुखुुरापालनले फेरियो जीवन
बैतडी : बैतडीको दुुर्गम पुुर्चौंडी नगरपालिका ६ भूमिराजकी निशा विकलाई दुुई वर्ष पहिलासम्म घरपरिवार चलाउन निकै धौधौ थियो। खानेमुुखलाई जुुँगाले छेक्दैन भने झै निशाले कुुखुुरापालन व्यवसाय सुुरु गरेपछि उनको जीवनशैली फेरिएको छ। सुुरुमा सुुआहारा कार्यक्रमबाट कुुखुुरापालनका लागि सहयोग पाएकी निशाले अहिले वार्षिक दुुईलाख कमाउन थालेकी छन्। उनले भनिन्, ‘कुुखुुरापालन व्यवसायबाट अहिले मैले वार्षिक दुुईलाख जति कमाउने गरेकी छुु। समान्य छाप्रोबाट कुुखुुरापालन सुुरु गरेकी हुुँ। अब आधुुनिक खोर निर्माण गरेर यो व्यवसायलाई अघि बढाउने सोचमा छुु।’
सुुनौलो हजार दिनका आमालाई कुुखुुरा वितरण गर्ने कार्यक्रमअन्तर्गत कुुखरा पाएकी निशाले दुुई वर्षमै कुुखुुरापालन व्यवसायबाट निकै आम्दानी भएको बताइन्। उनले भनिन्, ‘म दुुई जीउकी छँदा १० वटा कुुखुुरा पाएकी हुुँ। १० वटा कुुखराबाटै कुुखुुरापालन व्यवसायमा लागेकी छुु।’ उनी महिलाले पनि आम्दानी गर्न सक्छन् भन्ने कुुराको समाजमा उदाहरण बनेकी छन्।
सुुरुमा १० वटा उन्नत जातको कुुखुुरा पालेकी निशाले पछि स्थानीय जातको कुुखुुरा ल्याएर चल्ला उत्पादन सुुरु गरेकी हुुन्। उनले भनिन्, ‘अहिले मेरो फार्ममा एक सयभन्दा बढी कुुखुुरा छन्। कुुखुुरा र अन्डाको बिक्रीबाटै घरपरिवार चलाउन सजिलो भएको छ।’
गाउँमा कुुखुुरापालन व्यवसाय सुुरु गरेपछि अन्य गर्भवती महिलाले पनि कुुखुुराको मासुु र अन्डा खान थालेको निशाले बताइन्। ‘गाउँमा गर्भवती महिलालाई पोसिलो आहारा दिनुुपर्छ भन्ने चलन कमै थियो। मैले सुुनौलो हजार दिनका आमालाई लक्ष्य गरेर कुुखुुरापालन व्यवसाय सुुरु गरेकी हुुँ। यसले सबैलाई सजिलो पनि भएको छ। मेरो पनि आम्दानी राम्रै भइरहेको छ’, उनले थपिन्।
व्यावसायिक कुुखुुरापालन थालेकी निशाले हिजोआज जातीय विभेद पनि कम भएको महसुुस गरेकी छन्।
दुुर्गम गाउँमै कुुखुुरापालन व्यवसायबारे तालिम पाएपछि आफूलाई कुुखुुरापालन व्यवसायमा लाग्न प्रेरणा मिलेको निशाले बताइन्। उनले भनिन््, ‘बाहिर गएर तालिम लिन सक्ने अवस्था थिएन। गाउँमै तालिम पनि पाए। अहिले आफैंले कुुखुुरापालनका लागि आवश्यक सीप सिकेकी छुु।’
कुुखरापालनका साथै निशाले तरकारी खेती पनि सुुरु गरेको बताइन्। उनले भनिन्, ‘अहिले तरकारी खेती र कुुखुुरापालनसँगै अघि बढाएकी छुु। दुुई वर्षको अवधिमा राम्रो कमाई गर्न सफल भएकी छुु।’
व्यावसायिक कुुखुुरापालन थालेकी निशाले हिजोआज जातीय विभेद पनि कम भएको महसुुस गरेकी छिन्। गाउँमा पहिला दलितलाई भेदभावको दृष्टिले हेरिन्थ्यो। ‘अहिले व्यवसाय सुुरु गरेपछि सबैले मेरो फार्मबाट कुुखुुरा किन्छन्। यसले जातीय विभेदमा समेत कमी आएको महसुुस भएको छ’, उनले बताइन्।
कुुखुुरापालन व्यवसायबाट घरपरिवार चलाउन सफल भएकी निशाले महिलाले पनि व्यावसायिक काममा लागेमा आत्मनिर्भर बन्न सक्ने बताइन्। उनले भनिन् ‘हामी महिलाले पनि जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सक्छौं। यसका लागि घरपरिवार समुुदाय सबैको सहयोग आवश्यक हुुन्छ।’
कुुखरापालनले गाउँका महिलाको पनि अण्डा र मासुुमा पहुुँच बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले बताए। कुुखुुरापालन व्यवसायमा लागेकी निशा समाजका अन्य व्यक्तिका लागि पनि उदाहरण बनेको सुुआहाराका जिल्ला संयोजक नागेन्द्र धामीले बताए।