‘भाैतिक रूपमा सबल, शिक्षामा अब्बल’
काठमाडौं : सेन्ट्रल स्टेट एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित कलेज अफ सेन्ट्रल स्टेट नेपालको शैक्षिक क्षेत्रमा छुट्टै र विशिष्ट पहिचान बनाइसकेको छ ।
रमेश घिमिरे, प्राचार्य, कलेज अफ सेन्ट्रल स्टेट, साेल्टीमोड, काठमाडौ
१५ वर्ष अगाडिदेखि शैक्षिक क्षेत्रमा ख्यातिप्राप्त शिक्षक र विशुद्ध प्राज्ञिक व्यक्तिहरूको सक्रियतामा काठमाडौंको सोल्टीमोडमा सञ्चालित यो कलेज स्थापनाकालदेखि नै अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ । यसमा एसईई उत्तीर्ण विद्यार्थीलाई आफ्नो ग्रेड अनुसारको विषय छनोट गरी पठनपाठन गराइन्छ ।
कलेज अफ सेन्ट्रल स्टेट भौतिक रूपमा सुविधा सम्पन्न छ । शैक्षिक रूपमा पनि त्यतिकै सक्षम र सबल छ । भूकम्पप्रतिरोधी भवन, प्रोजेक्टर र सीसीटीभी जडान गरिएका उज्याला र फराकिला कक्षाकोठा, सुविधा सम्पन्न पुस्तकालय, व्यवस्थित प्रयोशाला, कम्प्युटर ल्याब, सेमिनार हल, हाइजेनिक क्याफ्टेरिया, शुद्ध पिउने पानी, सुविधा सम्पन्न खेल मैदान यस कलेजका मुख्य विशेषता हुन् ।
त्यसबाहेक राजधानीका सबै क्षेत्रसम्मको यातायात सुविधा, छात्र र छात्राका लागि होस्टेल शैक्षिक, प्रशासनिक, लेखा, परामर्श कोठाको विशेष व्यवस्था भएको यो कलेजका सम्पूर्ण शैक्षिक कार्यक्रम प्राज्ञिक नीतिअनुसार सञ्चालित छन् ।
यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन विषयको पढाइ सञ्चालन हुँदै आएको छ । त्यसबाहेक स्नातह तहमा बीए, बीएसडब्लू, बीबीएस, बीसीएस र स्नातकोत्तर तहमा एमबीएसको समेत पढाइ भइरहेको छ ।
शैक्षिक योजना अनुसार विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञानसिप र दृष्टिकोण प्रदान गर्नु यस कलेजको मुख्य उद्देश्य हो । यहाँ शैक्षिक क्यालेन्डर अनुसार रचनात्मक र निर्णयात्मक परीक्षा प्रणालीद्वारा विद्यार्थीको नियमित मूल्यांकन गरिन्छ ।
समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यावहारिक र जीवन उपयोगी बनाइन्छ । विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन ‘पार्टिसिपेटरी एन्ड प्रोजेक्ट बेस्ड’ कक्षाहरू सञ्चालन गरिन्छ ।
विद्यार्थीको ‘इन्डिभिजुअल केयर’ गर्नु कलेजको अर्को महŒवपूर्ण विशेषता हो । विद्यार्थीको रुची र समाजको आवश्यकतालाई ध्यानमा राखी उचित परामर्श र भविष्य निर्माणका लागि बाटो देखाइन्छ । अध्ययनरत विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिँदै आएको यस कलेजमा परिपक्क र अनुभवी शिक्षकको टिम छ ।
कक्षा १२ को पढाइपश्चात मेडिकल प्रवेश परीक्षा इन्जिनियरिङ प्रवेश परीक्षा, विदेशी दूतावासबाट लिइने छात्रवृत्तिका लागि विशेष तयारी कक्षा र उचित परामर्श दिने यस कलेजले यस वर्ष विभिन्न कोटाअनुसार एक सय जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको सुविधा दिइने कलेजले जनाएको छ ।
छात्रवृत्तिअन्तर्गत पढाइमा उत्कृष्ट, दुर्गम जिल्लाबाट उच्च शिक्षा लिन आएका, प्राकृतिक प्रकोपबाट प्रभावित, पढाइका अलावा अतिरिक्त प्रतिभा भएका विद्यार्थीलाई यस्तो सुविधा उपलब्ध गराइन्छ । ‘शिक्षासँगै संस्कार पनि अध्ययन सँगै अवसर पनि’ भन्ने भनाइलाई आत्मसाथ गरिएको यस कलेजमा अध्ययनरत विद्यार्थी चरित्रवान, राष्ट्रसेवक, समाजसेवी, उद्योगी, व्यवसायी बनेर संसारभर पुग्न सफल भएका छन् ।
विद्यार्थीको सिर्जनशीलतालाई सकेसम्म जीवन उपयोगी बनाउन सकियोस् भनेर मनोवैज्ञानिक परामर्श, करियर काउन्सिलिङ, कमजोर विद्यार्थीलाइ अतिरिक्त कक्षा र पृष्ठपोषण, अभिभावकसँगको नियमित सम्पर्क, जिम्मेवारपूर्ण सिकाइका लागि अनुभवी शिक्षक, त्रैमासिक परीक्षाका आधारमा छात्रवृत्ति, खेलकुद र टयालेन्ट सो जस्ता नियमित गतिविधिले कलेजलाई थप विशिष्ट बनाएको छ ।