करिब १६सय भारतीय तीर्थयात्री सिमीकोटमा अलपत्र

करिब १६सय भारतीय तीर्थयात्री सिमीकोटमा अलपत्र

काठमाडौं :  विगत केही दिनदेखि अविरल वर्षाका कारण नेपालगञ्ज सिमिकोट रुट हुँदै कैलाश मानसरोबर गएका करिब १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन्।

भारतीय राजदूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै करिब १६ सय तीर्थयात्री अलपत्र परेको बताएको छ। करिब ५५० तीर्थयात्री हिस्ल्सामा,५०० तिब्बत क्षेत्रमार ५२५ सिमीकोटमा अलपत्र परेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

हिल्सामा अलपत्र परेका तीर्थयात्रीहरुका लागि खाना र आवासको व्यवस्था मिलाउन पनि हिल्सा चेकपोष्टलार्इ दूतावासले अग्रह गरेको छ। दूतावासले सिमीकोट प्रहरीलाई अलपत्र परेका तीर्थयात्रीलाई सुरक्षा प्रदान गर्नका लागि समेत आग्रह गरेको छ।

साथै दूतावासले सम्पूर्ण तीर्थयात्री टोलीका संयोजकलाई आफनो टोलीको सुरक्षार्थ खटिन र उनीहरुलाई सुरक्षित स्थानतर्फ ल्याउन आग्रह गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.