डा. केसीको समर्थनमा नाङ्गो जुलुस, चिकित्सक फिर्ता, सेवा ठप्प

डा. केसीको समर्थनमा नाङ्गो जुलुस, चिकित्सक फिर्ता, सेवा ठप्प

जुम्ला : चार दिनयता जुम्लामा अनसनरत डा.गोविन्द केसीको समर्थनमा नाङगो जुलुस प्रदर्शन गरिएको छ। चिकित्सक र डा. केसीका शुभचिन्तकले केसीको माग सम्बोधनका लागि राज्यलाई दबाबस्वरुप शरीरमा साङ्लो तथा मुखमा कालोपट्टी बाँधेर नाङ्गो जुलुस प्रदर्शन गरेका हुन्। 

केसी अनसनरत स्थानबाट सुरु गरिएको नाङ्गो जुलुस स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानसम्म पुगेको थियो। नाङ्गो जुलुस प्रदर्शन भएपछि आन्दोलनले उग्ररुप लिनसक्ने भन्दै सम्भावित घटनाबाट बच्न प्रहरी परिचालन गरिएको छ।    

यस्तै केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उपचारमा खटिएको चिकित्सक टोली पनि फिर्ता भएको छ। केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा  स्थानान्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकको टोली फर्किएको हो।

कभर्डहलमा उपचार सम्भव छैन।टोलीले प्रशासनलाई खबर गरेपनि प्रशासनले अस्पताल लैजान दिएको छैन। साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक सेवाबाहेक अन्य सबै सेवा चिकित्सकले ठप्प पारेका छन्।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.