रुँदै स्टेडियम सफा गरे जापानी समर्थकले (फोटो फिचर)

रुँदै स्टेडियम सफा गरे जापानी समर्थकले (फोटो फिचर)

काठमाडौँ: बेल्जियमसँग अन्तिम समयमा नमिठो हार भोग्दै एसियाको आशा जापान विश्वकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । रोस्तोभ एरिनामा भएको प्रिक्वार्टर फाइलनलको भिडन्तमा २ गोलको अग्रता लिएर पनि जापानले अन्तिम समयमा नतिजा बेल्जियमलाई सुम्पिन बाध्य भयो । 

बेल्जियमसँगको हारपछि विश्व कपको क्वार्टर फाइनलमा पहिलो पटक पुग्ने जापानको सपना पनि अधुरै रह्यो । अन्तिम समयमा गोल खाएपछि स्टेडियममै जापानी दर्शकको रुवाबासी चल्यो । 

निर्धारित सयमसम्म २-२  गोलको बराबरी रहेको खेल अतिरिक्त समयमा धकेलिने अवस्था थियो । तर बेल्जियमका  नेसर चाड्लीले इन्जुरी समय समाप्त हुन १७ सेकेन्ड बाँकी रहँदा गोल गरेपछि जापानी समर्थक र खेलाडी स्तब्ध भए । 

यति हुँदा हुँदै पनि स्टेडियममा उपस्थित जापानी समर्थकले आफ्नो सभ्यतालाई भुलेनन् । बेल्जियमले गोल गरेलगत्तै खेल सकिएपछि निराश जापानी समर्थकहरु बाहिरिएनन्, उनीहरु उल्टै स्टेडियमको प्याराफिटमा जम्मा भएको फोहोर उठाउन जुटे । 

जापानी समर्थकले हारबाट गहिरो चोट बोके पनि स्टेडियममा बेल्जियमका समेत समर्थकहरुले गरेको फोहोर आफैँले टिपेर व्यवस्थापन गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.