खुकुरी हानेर फरार ‘गुण्डागर्दी’ मा संलग्न दुईजना पक्राउ

खुकुरी हानेर फरार ‘गुण्डागर्दी’ मा संलग्न दुईजना पक्राउ

दमौली: तनहुँ प्रहरीले ‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई युवालाई पक्रेको छ । उनीहरु दुवै ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ हरिओम टोलका २५ वर्षका साजन शाही र म्याग्दे–७ रानीस्वाँरा घर भै हाल पोखरा बस्दै आएका ३० वर्षका विकास नेपाली छन् । 

साजन गत भदौ १६ गते व्यास नगरपालिका–७ सत्रसयमा स्थानीय तीन युवाहरु चुनबहादुर गुरुङ, चिमानसिं गुरुङ र विजय क्षेत्रीलाई खुकुरी प्रहार घटनामा फरार हुन् । व्यास–१० को पिजन हिल होटलबाट उनलाई सोमबार राति पक्रिएको एसपी शाहले बताए ।

यसैगरी दमौलीको तत्कालीन ड्राइभ इन होटलमा गत भदौ २० गते बन्दीपुरका बिरेन गुरुङमाथि धारिलो हतियार प्रहारको आरोपमा नेपाली पक्राउ परेका हुन् । नेपालीविरुद्ध अमिर गुरुङले जाहेरी दिएका थिए । उनीमाथि म्याग्दे गाउँपालिका–६ स्थित सञ्जीब राईमाथि हतियार प्रहार गरेको अर्को अभियोग पनि छ । पक्राउ परेका दुवैलाई कारबाहीका लागि अदालतमा बुझाउने प्रहरीले जनाएको छ । 

मिटर ब्याजी पनि पक्राउ

प्रहरीले मिटर ब्याज असुलीमा सक्रिय भन्दै एक महिलालाई समेत पक्रेको छ । गण्डकी बहुद्देश्यीय सहकारी संस्थामा कार्यरत स्थानीय ३८ वर्षिया कल्पना कैनी खड्काले मिटर ब्याज असुलेको उजुरीका आधारमा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक शाहले बताए ।

खड्काविरुद्ध स्थानीय आशरुपी गुरुङसहितका स्थानीयसँग मिटर ब्याज असुलेको अभियोग छ । उनीविरुद्ध अदालतबाट अनुमति लिएर अनुसन्धान थालेको शाहले बताए । तनहुँमा मिटर ब्याज सम्बन्धम कोही पक्राउ परेको यो पहिलो घटना हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.