प्रहरी र व्यवसायीले गरे सर्वोच्च अदालतको अवज्ञा

प्रहरी र व्यवसायीले गरे सर्वोच्च अदालतको अवज्ञा

सिन्धुली : सर्वोच्च आदालतको अन्तरिम आदेशलाई लत्याउँदै बीपी राजमार्गमा पुनः अत्यधिक भारवहन क्षमताको सवारीसाधन सञ्चालन हुन थालेका छन्। प्रहरी र व्यवसायीको मिलेमतोमा सर्वोच्चको आदेश विपरित यस्ता सवारी साधन सञ्चालन भएका हुन्।

स्थानीय व्यवसायिहरूको चर्को विरोध भएपनि सिन्धुली बाहिरबाट राजधानी भित्रने र बाहिरीने सवारी साधनहरूबाट प्रहरीले पैसा लिँदै रातको समयमा अत्याधिक भारवहन भएका सवारी वीपी राजमार्गमा सञ्चालन हुन दिने गरेको सिन्धुलीका स्थानीय तथा ट्रक व्यवसायि शम्भु खड्काले बताए।

‘सिन्धुलीका ट्रकहरू झण्डै एक महिनादेखी वीपी राजमार्गमा सञ्चालनमा रोक लगाईपनि दोलखा, रामेछापबाट तराई जाने आउने र काँकडभिट्टा, जनकपुर लगायतका तराईका जिल्लाबाट पहाडी जिल्ला तथा काठमाण्डौं जाने आउने ट्रकहरू प्रहरीसंगको मिलेमतोमा निर्वाध सञ्चालनमा छन्,’ उनले भने।

सिन्धुलीका व्यवसायिहरू सर्वोच्चको आदेशको पलना गर्दै अर्को आदेशको पर्खाइमा रहेका भएपनि सिन्धुली बाहिरका व्यवसायि संग प्रति ट्रक ३ हजार रूपैयाँदेखि ८ हजार रूपैयाँसम्म एकतर्फी अबैध पैसा असुलेर प्रहरीले छाड्ने गरेको खड्काको आरोप छ।

झण्डै चार वर्ष अघि जापान सरकारको सहयोगमा निर्माण सम्पन्न वीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा साँघुरो र अत्यन्त घुम्ती नै घुम्ती भएका कारण दुर्घट्ना बढ्ने र सडकको भारवहन क्षेमता समेत कम भएको भन्दै गत जेठ २१ गते सर्वोच्चका न्यायधिस सपना मल्लको एकल इजालसले १० टन क्षमता भन्दाबढीका ट्रक र १६ सिटभन्दा लामा बस सञ्चालनमा रोकलगाउन अनतरीम आदेश दिएको थियो।

त्यस अघि भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठले विपी राजमार्ग आयोजनाको प्रतिवेदनलाई लत्याउँदै सिन्धुली–खुर्कोट खण्डमा १६ टन क्षमताका ट्रक र ३२ सिटसम्मका बस सञ्चालन गर्न अनुमति दिएका थिए।

मन्त्री महासेठले दिएको अनुमति सडकको भारवहन क्षेमता र मापदण्ड विपरित भएको भन्दै सर्वोच्चमा रिट परेपछि न्यायधिस मल्लको एकल इजालसले अन्तरीम आदेश जारी गरेसंगै गत जेठ २४ गतेबाट त्यस्ता सवारी सञ्चालनमा पूर्ण रोक लगाएको थियो।

तर, जिल्लामा रामेश्वरप्रसाद यादव प्रहरी प्रमुख भएर आएसंगै रातको १२ बजेपछि अबैध पैसा असुल गरी सर्वोच्चको आदेशको अवज्ञा गर्दै ट्रकहरू सञ्चालन हुनेगरेको जिल्लामा व्यापक गुनसो हुँदै आएको छ। सर्वोच्चको आदेशपछि प्रहरीले कमलामाई नगरपालिका ४ हिरापानीमा ट्राफिक प्रहरी सहितको चेकजाँच युनिट खडा गरेको छ।

दिनभर त्यस्ता सवारी साधन रोकिने भएपनि रातको समयमा जिल्लाको आदेश भन्दै प्रहरीले छाड्ने गरेको हिरापानीका स्थानीय टंकबहादुर कार्कीले सुनाए। ‘एसपी सापकै सेटिङमा पैसा दिए रातको समयमा ट्रकहरू छाडीन्छन्। नत्र भए दिनभर रोकिएका ट्रकहरू रात सकेर उज्यालो हुँदा रोकिएका ठाउँमा हुँदैनन्। ति ट्रकहरू कहाँ जान्छन् ? ,’ उनले उल्टो प्रश्न गरे।

रातको समयमा अन्य ट्रकहरू सञ्चालन हुने गरेको भन्दै आफुहरूले पनि ट्रकमा लोड भएका सामाग्रीको तौल नापेर सर्वोच्चको आदेश अनुसारको क्षमता बोक्न पाउनु पर्ने माग गर्दै ट्रक व्यवसायि आन्दोलीत समेत भएका छन्। ‘प्रहरीले पैसा लिएर अरु ट्रक छाड्ने हाम्रो किन रोक्ने हाम्रो पनि चल्न पाउनु पर्छ,’ट्रक व्यवसायि संघ सिन्धुलीका अध्यक्ष दिपक दाहालले भने।

ट्रकमात्र हैन विपी राजमार्गमा रातको समयमा अन्य सवारी साधनलाई समेत सञ्चालनमा रोक लगाईदै आएको छ। ना४ख ५५१४ नम्बरको ट्रकमा ट्रकभरी सामान लोड गरेर तराई बाट आएको भएपनि ट्रकका साहुसंग सिन्धुलीमाढीमै पैसाको मोलमोलाई भएपछि एसपी सापले काठमाण्डौंबाटै छाड्न आदेश दिएपछि वीपी राजमार्ग हुँदै काभ्रेमा गाई गोरु लिन गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमै कार्यरत एक प्रहरीले खुलासा गरे।

यतीमात्र हैन प्रहरी र व्यवसायिको मिलेमतोमा वीपी राजमार्गमा दैनिक रूपमा अबैध सामानको ओसार पसार समेत हुने गरेको तथ्य बाहिर आएको छ। प्रहरीकै सेटिङमा सुन, काठ, खाद्यान्न, लत्ताकपडा, गाई गोरु, भैसी लगायतका सामाग्री र बस्तु भारतबाट राजस्वछली गर्दै काठमाण्डौं पु¥याउने र तराई झार्ने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकै एक प्रहरी जवानले आफ्नो नाम उल्लेख नगर्ने सर्तामा भने।

‘काकडभिट्टाबाट आउने हायसमा लुकाई छिपाई दुई दिनसम्म झण्डै ५ लाख रूपैयाँबढीको राजस्व छलीगरी भारतबाट ल्याइएको कपडा सुराकीका आधारमा नियनत्रणमा लिएको भएपनि प्रहरी प्रमुखकै आदेशमा छाडीएको छ,’ उनले भने। प्रहरीकै सेटिङमा सर्लाहीका कपडा व्यापारी दिनेश यादवले दैनिक अबैध कपडा रातको समयमा काठमाण्डौं सप्लाई गर्ने गरेको समेत प्रहरीबाटै सुचना प्राप्त भएको छ।

उता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी यादव जिल्लामा इन्चार्ज भएर आएलगतै विपी राजमार्गमा सबै प्रहरी विटहरूमा आफु अनुकुलका प्रहरीलाई मात्र इन्चार्ज बनाएर पठाएको समेत आरोप छ। उनि यस अघि रूपन्देही जिल्लामा डिएसपी नै हुँदा लागुऔषध तस्करसंग घुष लिएको आरोपमा निलम्बनमा परेका थिए भने ललितपुरस्थित सातदोबाटोमा रहँदा पनि जुवाडेसंग घुस लिएको आरोपमा ललितपरका तत्कालीन एसपी ठुले राइले स्पस्टीकरण लिएको खुल्न आएको छ।

उता यस विषयमा बुझ्दा एसपी यादवले सर्वोच्चको आदेशको आफुहरूले पूर्ण रूपमा कार्यान्वयन गरेको दावी गरे। सम्बन्धित निकायबाट अनुमति लिएर आउनेलाई छाड्ने गरेको भएपनि अन्य विषयमा प्रहरीमाथी लागेको आरोपको कुनै सत्यता नभएको यादवको दावी छ। नोट ः प्रहरी र व्यवसायिको मिलेमतोमा छाडीएको ट्रक। तस्विर ः राजन गाउँले, सिन्धुली।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.