'अस्वाभाविक नाटकले नेमारको उचार्इ धूमिल पार्दैछ'
हामी प्रिक्वार्टरफाइनलमा ब्राजिलसँग हार्यौं । खेलमा हारजित स्वाभाविक प्रक्रिया हो । तर, खेलका क्रममा ब्राजिलियन खेलाडी नेमारले रेफ्रीलाई प्रभावमा पार्न जुन नाटक गर्छन्, त्यो पक्कै पनि राम्रो होइन् ।
विश्व फुटबलमा नेमारको जुन नाम र उचाइ छ, मैदानमा उनले गर्ने अस्वाभाविक नाटकले त्यसलाई पनि धूमिल पार्दैछ । विश्व फुटबलकै लागि पनि नेमारको चर्तिकला गतिलो कुरा होइन । खेलका क्रममा पटकपटक नेमारले दोहोर्याउने नाटकले फुटबलको रोमाञ्चलाई नै घटाउने काम गर्छ ।
नेमारकै कारण प्रिक्वार्टरफाइनल खेलमा पनि हाम्रो निकै समय बर्बाद भयो । फुटबल भनेको लाखौं समर्थकका अगाडि अनुशासित भएर खेलिने खेल हो भन्ने यथार्थलाई नेमारले पनि बुझ्नुपर्छ । विश्वकै सर्वाधिक लोकप्रिय खेल कुनै एक खेलाडीका कारण मजाकको विषय बन्नु हुँदैन ।
—हुवाँ कार्लोस ओसोरियो, मेक्सिकोका प्रशिक्षक