प्रशिक्षकसँग रिसाए कोस्टा

प्रशिक्षकसँग रिसाए कोस्टा

मस्को : जारी विश्वकपमा उपाधिको दाबेदार मानिएको स्पेन प्रिक्वार्टरफाइनल खेलमा आयोजक रुससँग पराजित भएपछि टोलीका अनुभवी खेलाडी डिएगो कोस्टा प्रशिक्षक फर्नान्डो हिएरोसँग रिसाएका छन् । आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा रुसले सन् २०१० को उपाधि विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराएको थियो ।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितका लागि पेनाल्टी सुटआउटको सहायता लिइएको थियो । पेनाल्टी प्रहारका लागि कोकेलाई पठाउने वा नपठाउने विषयमा प्रशिक्षक हिएरो र स्ट्राइकर कोस्टाबीच कुराकानी भएको थियो । पहिले प्रशिक्षक हिएरोले मिडफिल्डर कोकेलाई उनी पेनाल्टी प्रहारका लागि तयार रहे वा नरहेको विषयमा सोधेका थिए । कोकेले आफू पेनाल्टी प्रहारका लागि पूर्ण रूपमा तयार रहेको जवाफ फर्काएका थिए ।

तर, त्यसअघि नै कोस्टाले कोकेलाई पेनाल्टी प्रहारका लागि पठाउनु उपयुक्त नहुने सल्लाह हिएरोलाई दिएका थिए । एउटै क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकाले कोकेको विषयमा आफूलाई धेरै जानकारी रहेको कोस्टाको दाबी थियो । कोस्टा र कोके दुवै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । कोस्टाले हिएरोलाई पेनाल्टी प्रहारका लागि कोके मानसिक रूपमा पनि तयार नरहेको सुझाव दिएका थिए ।

यसका बीच कोके आफैंले पेनाल्टी प्रहारका लागि आफू तयार रहेको बताएपछि प्रशिक्षक हिएरोले उनलाई मैदानमा पठाएका थिए । तेस्रो नम्बरमा कोके पेनाल्टी प्रहारका लागि आउँदा दुवै टोली २–२ गोलको बराबरीमा रहेका थिए । तर, कोकेको प्रहारलाई रुसका गोलरक्षक इगोर एकिनफिभले विफल पारेपछि स्पेन जितबाट टाढिएको थियो । त्यसपछि पाँचौं नम्बरमा आएका इयागो असपास पनि पेनाल्टी प्रहारमा चुकेपछि स्पेन दोस्रो चरणबाटै घर फर्कन बाध्य भएको थियो ।

आफ्नो सल्लाह नमानेकाले स्पेन उपाधि होडबाट बाहिरिएको भन्दै कोस्टा प्रशिक्षक हिएरोसँग रिसाएको सञ्चारमाध्यमले जनाएका छन् । ‘कोकेलाई पेनाल्टी प्रहारमा नपठाउन मैले पहिले नै प्रशिक्षकलाई सचेत गराएको थिएँ । एउटै क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकाले पनि मलाई कोकेको बारेमा धेरै कुरा थाहा थियो । तर, प्रशिक्षकले मेरो सुझाव नमान्दा हामीले हार बेहोर्नु प¥यो’, कोस्टाले भनेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.