तनहुँ जलविद्युतले थप जग्गा अधिग्रहण गर्ने

तनहुँ जलविद्युतले थप जग्गा अधिग्रहण गर्ने

 दमौली : तनहुँ जलविद्युत आयोजनाले व्यास ५ बेतेनीमा थप ५० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । आयोजनाको बाँधस्थल जाने बाटो तथा ठेकेदारको निर्माण कार्यका लागि भन्दै थप जग्गा अधिग्रहण गर्ने तयारी आयोजनाले थालेको हो । जग्गा अधिग्रहणका लागि स्थानीयस्तरमा तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जग्गा मुआब्जा निर्धारण समितिले प्रारम्भिक चरणको तयारीका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सहयोग उपसमिति गठन गरेको छ ।

जिल्ला प्राविधिक, वन कृषि, मालपोत र नापी कार्यालयका प्रतिनिधि रहने उप समितिले स्थानीय प्रभावितहरुसँग छलफल थालेको छ । आइतबार भएको छलफलमा अधिग्रहण गरिने जग्गाको विषयमा सहमति जुटे पनि मुआब्जा दरका बारेमा भने सहमति भइनसकेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । यसअघि पनि मुआब्जा दरका लागि पटक पटक बैठक बसेको थियो । तर बैठकमा मुआब्जा दरबारे भने सहमति हुन सकेको छैन ।

स्थानीय नरबहादुर थापा संयोजकत्वको प्रभावितहरुसँग फेरि बैठक बस्ने तयारी उप समितिको छ । उपसमितिले दररेटबारे सहमति गरेपछि मात्र मुआब्जा निर्धारण समितिले अधिग्रहणको प्रक्रिया थाल्ने प्रशासन स्रोतले जनाएको छ ।

आयोजनाले बाँध तथा जलाशयका लागि ठेक्का गरेकामा छनोट सूचीमा परेकाको नाममा स्वीकृतिका लागि दातृ निकाय जाइका तथा एडीबीसमक्ष नाम पठाए पनि अझै स्वीकृति नआएकाले ठेक्का सम्झौता हुन सकेको छैन । दातृ निकायबाट सहमतिपछि मात्र छनोटमा परेका कम्पनीमध्येबाट सम्झौता हुने आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले बताए । तनहुँ हाइड्रोका प्रबन्ध सञ्चालक थिकेले ठेक्का सम्झौता चाँडै नै हुने विश्वास व्यक्त गरे ।

आयोजनाले ठेक्कापश्चात नोभेम्बर २०१८ बाट मुख्य संरचनाहरुको निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ । पाँच वर्षभित्र काम सकेर विद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाको छ । अहिले आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार पहुँच मार्ग, सबस्टेसन, पुल तथा आवास लगायत संरचना भने निर्माण भइसकेका छन् । झन्डै ५० अर्बभन्दा बढी रुपैयाँ आयोजनाको निर्माणका लागि लाग्ने अनुमान गरिएको छ । आयोजनाका लागि एसियाली विकास बैंक, जाइका, युरोपिएन इन्भेस्टमेन्ट बैंक लगायतले ऋण दिँदैछन् । सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत आयोजनाका लागि लगानी गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.