सिमकोटमा अलपत्र भारतीय तीर्थयात्रीको उद्धार गरिँदै

सिमकोटमा अलपत्र भारतीय तीर्थयात्रीको उद्धार गरिँदै

सिमकोट : तीन दिनदेखि  सिमकोटमा अलपत्र परेका करिब आठ सयजना भारतीय पर्यटकको उद्धार गरिँदैछ। मौसमका कारण तीन दिनदेखि हवाई उडान बन्द हुँदा सिमकोटमा अलपत्र  परेका भारतीय धार्मिक पर्यटकलाई मौसममा सुधार आएसँगै बुधबार नेपालगञ्जतर्फ पठाउने तयारी तीव्र पारिएको छ।

नेपालगञ्जदेखि सिमकोटका लागि निजि बिमान कम्पनीले उडान भर्न थालेपछि सिमकोटमा थन्किएका पर्यटकको चाप घट्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए। 

ढुंगानाका अनुसार मौसममा सुधार आएसँगै मंगलबार बेलुका मात्रै नेपालगञ्जदेखि निजि विमान कम्पनीका १० वटा उडान भएका थिए। बुधबार बिहानैदेखि निजि बिमान कम्पनी तारा एयर, सिता एयर, गोमा एयर, एयर काष्ठमष्डप, मकालु एयरले सिमकोटमा भएका भारतीय पर्यटकलाई पहिलो प्रथमिकता दिएकाले सिमकोटमा अलपत्र परेका पर्यटकको संख्या निकै कम हुँदै गएको छ। 

हवाई उडान बाहेक जिल्लाबाट जाने यातायातको अन्य कुनै विकल्प नभएकाले मौसममा खराबी आएको बेला यस्तो हुनु स्वभाविक भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए।उनले भने,' 'मंगलबार र बुधबार बिहान १० बजेसम्म गरी झण्डै ३ सय जना भारतीय पर्यटक नेपालगञ्ज पुगिसकेका छन्।'

लगातार उडान भए बिहीबारसम्म सिमकोटमा भएका सबै तीर्थयात्रु नेपालगञ्ज जाने र नेपालगञ्जमा भएका तीगर्थयात्री सिमकोट आउने योजना रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका अधिकारी ढुंगानाले जानकारी दिए। 

आइतबारदेखि लगातार वर्षा भएपछि नेपालगञ्ज र सुर्खेत कुनैपनि स्थानबाट विमान कम्पनीले उडान भर्न सकेका थिएनन्। वर्षा भएपछि सिमकोट आउने इनरुडमा बाक्लो कुहिरोले ढाकेपछि उडान हुन नसकेको सिमकोट बिमानस्थलका निमित्त प्रमुख राजु महतोले जानकारी दिए। उनका अनुसार मंगलबार अपरान्हदेखि नियमित उठान हुँदा सिमकोटमा दैनिक पाँचवटा निजि विमान कम्पनीले ६० भन्दा बढी उडान भर्न सक्ने जानकारी दिए। 

सात भारतीय तिर्थयात्रुको मृत्यु 

तिब्बतस्थित कैलास मानसरोवरको दर्शनका लागि आएका ७ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। समुन्द्र सतहदेखि निकै उचाई र चिसोका कारण अक्सिजनको मात्रा नपुग्ने भएपछि पाको उमेर तीर्थयात्रीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।

मृत्यु भएका सातजना तीर्थयात्रीमध्ये चारजानको चीनको सीमाना र तीनजनाको नेपाली भूभागमा ज्यान गएको बताएका अधिकारी ढुंगानाले मिडियामा समाचार आएजस्तो भारतीय तीर्थयात्रीले दुख नपाएको दावी गरे। 

सडकको पहुँच नभएको दुर्गम हिमाली जिल्ला हुम्लामा भारतीय तीर्थयात्रीको चाप निकै बढी छ अधिकारी ढुंगानाले भने,'निकै पाको उमेर भएका तीर्थयात्री पनि आउने गरेका छन्। तराई क्षेत्रबाट उच्च हिमाली क्षेत्रमा आउँदा स्वभाविक रुपमा अक्सिजन कम हुन्छ र त्यसले केही समस्या भएको  हो।'

हुम्लाको सीमानामा आएका भारतीय पर्यटकलाई तत्कालै निजि हेलिकप्टर वा अन्य विमान कम्पनीलाई खबर गरी उद्धारको काममा कुनै कर बाँकी नराखेको अधिकारी ढुंगानाले बताए।भारतीय पर्यटकका बारेमा नचाहिदो हल्ला फिजाइएकोमा उनले दुखेसो गरे।

सीमित साधन स्रोतमा धार्मिक पर्यटकलाई भएसम्मको व्यवस्था गरेको बताएका ढुंगानाले भारतीय पर्यटकको सुविधाका लागि आफूले चिनिया पक्षसँग समेत नियमित सम्पर्क गरेको दावी गरे।

वर्षाले सिमकोटमा निजि विमान कम्पनीले उडान भर्न नसकेपछि कैलास मानसरोवर गएका भारतीय तीर्थयात्रीमध्ये ५२५ सिमकोट, ५५० हिल्सा र ५०० तिब्बत क्षेत्रतर्फ अलपत्र परेको भारतीय दुतावासले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.