बाढीमा परी मृत्यु हुनेका परिवारलाई ५० हजार दिने घोषणा
जनकपुर : प्रदेश २ को सरकारले बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयांँ दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले बुधबार पत्रकारसँगको भेटघाटका क्रममा यस्तो घोषणा गरेका हुन।
बाढीका कारण हालसम्म मृत्यु भएका र आगामी दिनमा पनि कसैको मृत्यु भएमा राहतस्वस्प प्रदेश सरकारले सो रकम उपलब्ध गराउने मुख्यमन्त्री रावतले जानकारी दिए ।
प्रदेशभित्रको क्षतिको विवरण संकलन गरेर राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको रावतले बताए । केही दिनेदेखिको अविरल वर्षाका कारण आएको बाढीले हालसम्म प्रदेश २ मा तीन जनाको मृतयु भइसकेको छ ।