दुर्घटनामा दुई मजदुरको मृत्यु, दुई घाइते

दुर्घटनामा दुई मजदुरको मृत्यु, दुई घाइते

नुवाकोट : रसुवाको पश्चिमी भेगमा रहेको सिम्वुमा बोलेरो जीप दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।घाइते दुवैको काठमाडौंमा उपचार भइरहेको छ । 

सदरमुकाम धुन्चेदेखि २३ किलोमिटर पश्चिममा रहेको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ सिम्बुमा मंगलबार राति करिब साँढे १० बजे बा १७ च ५३४५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी नवलपारासी जिल्लाका २४ वर्षीय गौतम अर्याल र सुनसरीका २२ वर्षीय जीवन राई गम्भीर घाइते रहेका छन्। दुवैजनाको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।जीप चालक घादिङका प्रकाश तामाङ भने फरार छन्।मृतक तथा घाइते आयोजनामा कार्यरत मजदुर रहेको रसुवा प्रहरीले जनाएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.