नेविसंघका कार्यकर्ताले तोडे सरकारको निषेधित क्षेत्र

नेविसंघका कार्यकर्ताले तोडे सरकारको निषेधित क्षेत्र

काठमााडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले सरकारले तोकेको निषेधित क्षेत्र बुधबार तोडेका छन् । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकको निर्णयानुसार नेता प्रदीप पौडेल नेतृत्वको कार्यकर्ताहरुले राजधानीको माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोडेका हुन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा कांग्रेस कार्यकर्ता र नेविसंघ निकट विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गर्नुका साथै सरकारी निर्णय सच्याउन पनि आग्रह गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व ध्यक्ष प्रदीप पौडेलको नेतृत्वमा विद्यार्थीको समूहले निषेधित क्षेत्र तोडेको हो । प्रहरी परिचालन गरिए पनि नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्र तोडेको हो । 

नेपाली कांग्रेसले बुधबारै निषेधितत क्षेत्रबारेमा संसदमासमेत कडा रुपमा प्रस्तुत हुने जनाएको छ। गृहमन्त्री राम बहादुर थापा ुबादलुले निषेधित क्षेत्र जारी एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो । विरोध कार्यक्रममा नेता पौडेल र नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत बोलेका थिए । 

सम्बोधनका क्रममा गंगामाया अधिकारी र डा। गोविन्द केसी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । सरकारले आन्दोलनका लागि निश्चित क्षेत्र तोकेपछि कांग्रेसको निर्णय अनुसार नेविसंघ आन्दोलित भएको हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.