निषेधाज्ञाबारे लेखकको ब्यंग्यः ओछ्यानमा मात्रै विरोध गर्न पााइने हो ?

निषेधाज्ञाबारे लेखकको ब्यंग्यः ओछ्यानमा मात्रै विरोध गर्न पााइने हो ?

कामाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । 

‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन’, उनले भने, ‘सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा होइन, गफ बढी दिने तर काम कम देखियो ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारका गतिविधिहरु कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाए । ‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन, पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो, नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन’, लेखकले भने, ‘निषेधित क्षेत्र तोकिएका छन्, यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘मुलुकको समग्र अवस्था ठिक छैन, मुलुक संविधान र कानूनसम्मत् ढंगले चलिरहेको छैन, एकांकी र लहडको भरमा चलेको छ, हुन त अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन, तर सरकारले अहिले मुलुकलाई सही ढंगले चलाएको पाइएन ।’ 

जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रतिपनि सरकार अनुदार बनेको उनको आरोप छ । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रंदो छ, उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्किहरुलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ’, उनले भने, ‘यदि यो साँचो हो भने गलत छ, अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ, त्यो धेरै गलत छ ।’ 

केसीका मागहरु जायज रहेको उल्लेख गर्दै माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनै पनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने लेखकको जिकिर छ। ‘सरकारले अहिले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकले अध्यादेशको मूल मर्म नै समाप्त पारेको छ, यो विद्येयक त केही सिमिति मानिसहरुलाई मात्रै लाभ पुर्‍याउने गरी आएको छ’, उनले भने । 

अध्यादेशको भावना विपरित आउन लागेको विधेयकप्रति आफूहरुको गम्भिर आपत्ति रहेको पनि उनले जनाए । त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहारपनि राम्रो नरहेको गुनासो पोखे । उनले भने, ‘गंगामायाको जीवन रक्षाका लागि सरकार गम्भीर बन्नुपर्छ ।’

कांग्रेस अब संगठित, व्यवस्थित् र प्रभावकारी ढंगले चल्ने पनि उनले विश्वास दिलाए । उनले भने, ‘हाम्रो पार्टीको जिल्ला सभापतिहरुको भेला हेटौंडामा भर्खरै सम्पन्न भएको थियो, हामीले प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरेका छौं, संविधानको संरक्षण गर्दै हामी सशक्त भूमिका निर्वाह गर्छौं।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.