कार उपहार परेको भन्दै ‍साढे ४ लाख ठगी गर्ने पक्राउ

कार उपहार परेको भन्दै ‍साढे ४ लाख ठगी गर्ने पक्राउ

धादिङ : मोबाइल एप्लिकेसन इमोबाट फोन गरी कार चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका वडा नं १ बस्ने ३५ वर्षीय सुरेशकुमार प्रसाद गौड र वडा नं ४ बस्ने  २८ वर्षीय फतह मोहम्मद मुसलमान रहेको जिल्ला प्रहरी कार्यलय धादिङले प्रमुख एसपी डम्बर विकले जानकारी दिए।

नीलकण्ठ नगरपालिका वडा नं ४ का रामबहादुर परिवारबाट कार र पैंसा चिठ्ठामा परेको र त्यसबापतको कर तिर्ने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

ठगीमा संलग्न अन्य र तीनजना आरोपी भने अझै फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यसरी भयो ठगी

वैदेशिक रोजगारीको क्रममा ७ महिना कतारमा बसेर फर्किएका रामबहादुर परियारलाई गत जेठ ३० गते नचिनेको नम्बरबाट मोबाइल एप्लिकेसन 'इमो'मार्फत एउटा सन्देश आयो।सन्देशमा भनिएको थियो, बधाइ छ, तपाईलाई प्राडो कार र नगद २५ लाख रुपैयाँ पुरस्कार परेको छ। आवश्यक डकुमेन्ट मिलाउन र कर तिर्नका लागि हामीलाई दुई लाख रुपैयाँ पठाउनुहोला।'

रामबहादुर परियारले झट्टै विश्वास गरिहाले। उनले विश्वास गर्नु पनि स्वभाविक थियो किनकी कतार छाड्नुअघि कतारको एक सहरमा लागेको मेलामा उनले कारको चिठ्ठा पनि किनेका थिए।त्यसैले उनी यो म्यासेज त्यही चिठ्ठा परेर आएको हो भन्ने विश्वासमा परे।

उक्त सन्देशको विश्वासमा परेर उनले घरपरिवारको सल्लाहबिनै दुई लाख रुपैयाँ पठाए, त्यसपछि फेरी पैंसा नपुगेको सन्देश आयो र फेरि पैंसा पठाए।जेठ ३० गतेदेखि असार ३ गतेसम्म उनले इमोमा दिइएको नाम र ठेगानामा आईएमई गरी ४ लाख ५० हजार पठाए। रामबहादुर ढुक्क थिए, अब मलाई नगद २५ लाख र एउटा प्राडो कार आउँछ।तर त्यसो भएन।

भोलिपल्ट फेरी १ लाख नपुगेको खबर आएपछि उनको मनमा चिसो पस्यो र पनि परिवारमा सल्लाह गरेनन्। उनलाई पक्‍का थियो कि मलाई कतारमै काटेको चिठ्ठा परेको हो। मनमा कुरा खेलाउँदै थप एक लाख पनि पठाउन भनेर जाँदा बाटोमा साथीलाई सबै कुरा सुनाएपछि उनको थप एक लाख पनि जोगियो। त्यसपछि रामबहादुर प्रहरीको शरणमा पुगे।

रामबहादुरको उजुरीका आधारमा प्रहरीले आईएमई गरी पठाएको नाम र ठेगाना पच्छ्याउँदै दुईजना पक्राउ गरी धादिङ ल्याएको हो। ठगहरुले रामबहादुरलाई चिठ्ठा परेको विश्वास दिलाउनका लागि गाडी लिन भारत आउनका लागि भारत सरकारको आवश्यक पर्ने कागजपत्र समेत किर्ते गरी राम बहादुरलाई पठाएका थिए।

भारत सकारको कागजपत्र र आफूले कतारमा किनेको चिठ्ठाको विश्वासमा परेर ठगिएको राम बहादुरले बताए।उनले भने, 'कतारमा सात महिना काम गरेर अलिअलि पैसा बचाएको थिए, ढङ्ग नपुर्‍याउँदा सात दिनमै गयो।'

दुःख गरेर कमाएको पैसा आफ्नै बुद्धिले गुमाउनुपरेपछि रामबहादुर चिन्तित भएका छन्।भने,'अब फेरी विदेश जानुपर्ने भयो।यताबाट पैसा पठाउने  व्यक्ति पक्राउ परेपनि मुख्य योजनाकार भने पक्राउ गर्न सकिएको छैन। पक्राउ परेकालाई ठगी मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.