जनकपुरको हिलाम्य सडकमा युवाले रोपे धान

जनकपुरको हिलाम्य सडकमा युवाले रोपे धान

जनकपुरधामः दुई दिन पानी परेपछि हिलाम्य भएको प्रदेश २ को राजधानी जनकपुरमा युवाहरुले सडकमै धान रोपेका छन् ।  नेविसंघ आवद्ध युवाहरुले जनकपुरका नगरप्रमुख लालकिशोर साहको विरोध गर्दै सडकमै धान रोपेका हुन् । युवाहरुले बुधबार स्थानीय शिव चोकमा धान रोपी नगर प्रमुख साहमाथि व्यंङ्यात्मक विरोध गरेका हुन् ।

एकीकृत शहरी विकास आयोजना अन्तर्गत नगरक्षेत्रमा भइरहेको सडक निर्माणमा कार्यमा भएको सुस्तीले नगरका प्रमुख सडकहरु नै हिलाम्य भएको छ । सडकमा हिलो र पानी जमेपछि सर्वसाधारणलाई आवत जावत गर्न समस्या हुँदै आएको छ ।

जनकपुरका अधिकांश सडकहरु सामान्य वर्षामा समेत हिलाम्य हुने गरेपनि उपमहानगरपालिकाका प्रमुख साहले समाधानतर्फ चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराउन आफूहरुले सडकमै धान रोपेको नेवि संघ धनुषाका सभापति सुजीतकुमार झाले जनाए । 

दुई दिनको वर्षामा जनकपुर नगर क्षेत्र हिलाम्य हुनुका साथै घरघरमा पानी छिरेको छ तर नगरप्रमुखले यस्ता समास्या समाधान गर्नतर्फ ध्यान नदिएको झाको आरोप छ । नगर प्रमुखले विकासको चर्को नारा दिएपनि नगरवासीले भने अनुभूति गर्न नसकेको भन्दै यथाशीघ्र समस्या समाधान नगरिए नेवि संघले कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

नेविसंघ नगर कमिटीका अध्यक्ष सुमन ठाकुरको नेतृत्वमा गरिएको प्रदर्शनमा जिल्ला अध्यक्ष झासहित रवि शर्मा, माया कुमारी, सलीम साफी, परवेज आलम लगायतका युवाहरुको सहभागिता थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.