६ जना कलाकर्मीलाई राष्ट्रिय प्रज्ञा पुरस्कार

६ जना कलाकर्मीलाई राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौँ: नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जनालाई ‘राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानको आठौं वार्षिकोत्सवका अवसरमा प्रदान गरिने ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार २०७४’ पाउनेमा नाट्य क्षेत्रबाट नाट्यकर्मी रामअवतार यादव, संगीत विधातर्फ गीतकार किरण खरेल, नृत्य विधाबाट नृत्याङ्गना शुभद्रा अधिकारी र लोककला विधाबाट गायक एलपी जोशी छन् ।

त्यसैगरी पुरम्परागत तथा शाश्त्रिय संगीत विधातर्फ शाश्त्रीय वादक तथा गायक पुष्परत्न तुलाधर र रंगमञ्चतर्फ रंगकर्मी मदनदास श्रेष्ठ छन् । छवटै विधामा जनही जनही एक लाख रुपैयाँ पुरस्कारमा रहेको छ । 

यी पुरस्कार शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपती नन्दबहादुर पुनले प्रदान गर्ने कार्यक्रम छ । त्यस अवसरमा संगीत तथा नाट्य क्षेत्रका सर्जक एवम् कलाकारलाई उनीहरुको योगदानको कदर गर्दै ‘स्रष्टा कलाकार राष्ट्रिय परिचय पत्र’ पनि प्रदान गरिने भएको छ । प्रतिष्ठानले स्रष्टा कलाकारलाई पहिलो पटक परिचय पत्र दिन लागेको हो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.