ज्योति लाइफ इन्स्योरेन्सद्वारा दावी भुक्तानी
काठमाडौँः ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो दावी भुक्तानी गरेको छ । कम्पनीमा ४१ हजार प्रमियम बुझाई बीमालेख शुरु गरेका राकेशप्रसाद कुर्मीको वैशाख २२ गते हृदयघात भई उपचारको क्रममा मृत्यु भएपछि बीमितले इच्छाएका आमाकुसुम देवीकुर्मीललाई उक्त दाबी भुक्तानी गरिएको हो ।
बाराको बहुअरी–१ स्थितत बीमितको निवासमा बुधबार एक कार्यक्रमबीच, कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले आमाकुसुम देवीकुर्मीलाई दावी रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा खत्रीले दुखद् घडीमा यथाशिघ्र दावी भुक्तानी गर्नु कम्पनीको अहम दायित्व रहेको बताए । देवीकुर्मीले दावीभुक्तानी छिटो उपलव्ध गराइदिएकोमा धन्यवाद दिँदै उक्त रकमबाट आफ्नो पनि बीमा गर्ने इच्छा व्यक्त गरिन् ।