एम्बाप्पे रियल मड्रिड जाने चर्चा

एम्बाप्पे रियल मड्रिड जाने चर्चा

एजेन्सी : रुस विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्डका लागि बलियो दाबेदारमा देखिएका फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पे रियल मड्रिड जाने भएका छन्। 

१९ वर्ष पुगेका एम्बाप्पेले रुस विश्वकप अन्तर्गत प्रिक्वार्टरफाइनल चरणको खेलमा अर्जेन्टिनाविरुद्ध गरेको प्रदर्शनको विश्वभर चर्चा भइहेका बेला उनी रियल मड्रिड जाने चर्चा चुलिएको छ। उनकै उत्कृष्ट प्रदर्शनमा दुई पटकको उपाधि विजेता लियोनल मेसीको टोली अर्जेन्टिना रुस विश्वकपको प्रिक्वार्टरफाइनलबाटै घर फर्किएको छ।

एम्बाप्पेकै उत्कृष्ट प्रदर्शनमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गरेको थियो। टोलीका लागि दुई गोल उनै एम्बाप्पेले गरे। अर्को एक गोल पनि उनकै कारणले सम्भव भएको थियो। डी बक्सभित्र उनलाई लडाएपछि प्राप्त पेनाल्टी अवसरमा एन्टोइन ग्रिजम्यानले टोलीलाई १-० ले अघि बढाएका थिए। त्यसपछि उनी एक्लैले दुई गोल थप्दा फ्रान्सले बलियो मानिएको अर्जेन्टिनालाई सहजै पराजित गरेको थियो। उनले समूहगत चरणका खेलमा समेत गोल गरेका छन्।

फ्रान्सले समूहगत चरणको दोस्रो खेलमा पेरुविरुद्ध १-० को जित निकाल्दा पनि उनै एम्बाप्पेले निर्णायक गोल गरेका थिए। फुटबल कलासँगै बलसँगको तीव्र गतिका खेलाडी एम्बाप्पेलाई विश्वकप फुटबलको पहिलो सहभागितामै सर्वकालीन महान् फुटबलर पेलेसँग नै तुलना गर्न थालिएको छ। पेलेको स्तरमा पुग्न उनलाई यस्ता ठूला प्रतियोगितामा अझै सशक्त प्रदर्शन दिन आवश्यक छ।

यद्यपि जारी विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गर्नका लागि भने उनलाई प्रिक्वार्टरफाइनल सम्मको खेलको प्रदर्शनले लगभग पर्याप्त देखिएको छ। टोलीका लागि तीन गोल गरिसकेका एम्बाप्पेले आगामी खेलमा अझै सशक्त प्रदर्शन गर्ने विश्वास गरिएको छ। त्यो प्रदर्शनसँगै उनको क्षमता र प्रख्यातिले थप नयाँ उचाइ लिनेछ। 

यसरी रुस विश्वकपबाट चर्चामा आएका एम्बाप्पेलाई क्लब फुटबलको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ठूलो रकम खर्च गरेर लान लागेको हो। यसअघि पेरिस सेन्ट जर्मेन(पीएसजी)मा लोनमा आबद्ध भएका एम्बाप्पेलाई रियलले ठूलो रकम खर्च गरेर किन्न लागेको हो। 

२४० मिलियन यूरो खर्च गरेर रियलले एम्बाप्पेलाई किन्न लागेको बीबीसीले जनाएको छ। यद्यपी अहिलेसम्म रियल मड्रिडले भने यसको आधिकारीक पुष्टि गरेको छैन। रियलको प्रस्तावलाई पीएसजीले भने स्वीकार गरिसकेको समाचारमा जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.