पप्पुुका पुुल अलपत्र
काठमाडौं : संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पुु कन्स्ट्रक्सन बारम्बार विवादमा तानिने गरेको छ। नेपालका पुुल निर्माणमा बर्चश्व कायम गरेको यो कम्पनीले हात हालेका अधिकांश पुुल र सडक समयमा सकिएका छैनन्। गुुरणस्तरीय काम नगरेका कारण सरकारलाई समेत क्षति पुुग्ने गरेको छ।
पप्पुु कन्स्ट्रक्सनको पछिल्लो उदाहरण तीन कुुनेमा निर्माणाधीन बागमती पुुल हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ पुुसमा ठेक्का लगाएको यो पुुल निर्माणको समय यही असार मसान्तमा सकिँदैछ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले यो पुुलको काम मुुस्किलले २० प्रतिशत पनि सम्पन्न नभएको अन्नपूर्णलाई जानकारी दिए।
यो कम्पनीले भनेको समयमा काम नगर्ने, राजनीतिक आडमा पेलेरै जान खोज्ने, विभिन्न बहाना बनाएर समय थप्ने र वर्षौसम्म काम नगर्ने परिचय बनाएको उनको भनाइ छ। यो कम्पनीले बागमती पुुलमा पनि सोही रबैया देखाएको छ। उनले भने, ‘यसपटक पनि यो कम्पनीले पाइल गाड्न ल्याएको मेसिन बिग्रियो भनेर पुुल निर्माण रोकेको छ।’
नेपालकै पहिलो नेटवर्क आर्क ब्रिजका रूपमा ठेक्का लागेको यो पुुल निर्माण आरम्भ गर्दा साइट क्लियर नभएको भन्दै काम ढिलो गरेको थियो। आफैले डिजाइन गर्ने र निर्माण पनि गर्ने भएकाले यो पुुल सुुरु गर्न समय लागेको भन्दै पप्पुु पन्छिने गरेको छ। यो कम्पनीले २१ करोड रुपैयाँमा ठेक्का लागेको यो पुुलमा देखाउन लायक काम गरेको छैन। यो पुुल निर्माण गर्न नसकेको उचित कारण पेस गरेरै आयोजनाको समय पनि थप गर्दै छ। काबुु बाहिरको परिस्थति हुुँदा र आधा काम गरेपछि ठेक्का सम्झौता तोडेर नयाँ कम्पनी ल्याउन समस्या हुुने भएकाले समय थप गरेरै भए पनि काम गराउन लगाउनुुको विकल्प नभएको आयोजनाको भनाइ छ।
आयोजनाले ठेक्का लगाएको नेटवर्क आर्क ब्रिजकै रूपमा बिजुुलीबजार अगाडिको धोवीखोला पुुलमा अर्काे कम्पनी जेई कन्स्ट्रक्सनले जिम्मा पाएको पुुलको भने करिब ५० प्रतिशत निर्माण भएको छ। यो पुुल निर्माण पनि गत पुुसमै सक्नुुपर्ने भए पनि सरकारले एक वर्षको समय थपेर काम लगाएको श्रेष्ठले जानकारी दिए। १३ करोड १३ लाखमा ठेक्का लागेको यो पुुल पप्पुुको तुुलनामा सन्तोषजनक काम भएको छ।
नियमित अनुुगमन गर्ने, बेलाबेलामा सचेत गराउने र आवश्यक कारबाही गरेर काम लगाउन नसक्दा पप्पुुको हालीमुुहाली चहिरहेको विभागको भनाइ छ। यो कम्पनीले बनाउने र जेईले बनाउने पुुल हाल निर्माण भइरहेका अन्य सडकका पुुलभन्दा फरक हुुन्छ। यो पुुल अन्यको तुुलनामा बलियो र आकर्षक हुुनेछ।
नेटवर्क आर्क ब्रिजलाई पुुलमुुनिबाट दायाँ र बायाँ एउटा÷एउटा मात्रै पिलर गाडेर निर्माण गरिन्छ। अन्य पुुलको जस्तो पुुलको बीचमा पाइल (खम्बा) हुुँदैन। दायाँबायाँको पाइल र पुुललाई अड्याउन माथिबाट दायाँबायाँ जाली राखेर बनाइने गरिन्छ। फलामे बलिया डण्डी तथा जाली प्रयोग गरिने जाली आकारमा बनाइने भएकाले नै यसलाई नेटवर्क आर्क भन्ने गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठले बताए।
यो कम्पनीले भनेको समयमा काम नगर्ने, राजनीतिक आडमा पेलेरै जान खोज्ने, विभिन्न बहाना बनाएर समय थप्ने र वर्षौसम्म काम नगर्ने परिचय बनाएको छ।
सडक विभागले यस अघि पनि कोहलपुुर–नेपालगन्ज सडक निर्माण गर्दा समयमा नै ठेक्का पूरा नगरेका कारण पप्पुुलाई करिब पाँच करोड रुपैयाँ हर्जाना तिराएरै सडक निर्माण पूरा गराएको थियो। यही कम्पनीले यस अघि लालबकैयामा निर्माण पुुल भासिएका कारण पुुनः निर्माण गरेको थियो। पप्पुुले नै निर्माण गरेको बबई पुुल गत वर्षको बाढीका कारण भासिएको थियो। पुुल भासिनुुमा कमजोर निर्माण भएको भन्दै सडक विभागले पुुनः निर्माण गर्न लगाएको छ।
पप्पुुले हाल सडक र पुुल गरी ३७ वटा आयोजनाको ठेक्का लिएको छ। यस मध्ये अधिकांशको काम अलपत्र पारेको विभागको तथ्यांकले देखाएको छ। यो कम्पनीले कालीगण्डकी करिडोरको बेनी जोमसोम, कोरला सडक निर्माणको जिम्मा पाएको छ। ६२ करोडमा २०७४ जेठमा पाएको यो ठेक्का २०७६ मंसिरमा सक्नुुपर्नेछ।
यसले जटही जनकपुुर सडकको कमला नदीमा पुल बनाउन २०६८ असार ठेक्का पाएको थियो। यो २०७३ साउनमा सक्नेपर्नुुे थियो। यो पुुल समयमा नसकिएका कारण एक वर्ष समय थप भएको थियो। पप्पुुले विभिन्न राष्ट्रिय राजमार्गमा निर्माण गर्ने गरी ६ वटा पुुलको जिम्मा लिएको छ। यी पुुलमध्ये ६ वटै पुुल समयमा सम्पन्न गर्न सकेको छैन। स्थानीय सडक सञ्जालमा निर्माण गर्ने गरी २५ वटा पुुलको निर्माण गर्ने गरी ठेक्का लिएको छ। यसमध्ये अधिकांशको काम सन्तोषजनक नभएको सडक विभागले अन्नपूर्णलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा पप्पुु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारसँग सम्पर्कमा हुन सकेन।