१२ दिनदेखि गुफामा फसे १२ फुटबलर, चार किमि लामो पाइप बिच्छ्याइँदै

१२ दिनदेखि गुफामा फसे १२ फुटबलर, चार किमि लामो पाइप बिच्छ्याइँदै

बैंकक: थाइल्यान्डको एउटा गुफामा १२ दिनदेखि फसेका १२ जना किशोर फुटबलर उनीहरुका प्रशिक्षकलाई निकाल्न त्यहाँका उद्धारकर्मीले ४ किलोमिटर लामो पाइप जडान गर्न थालेका छन् । करिब ९ दिनको खोजीपछि जीवितै भेटिएका उनीहरुलाई बाहिर निकाल्न त्यहाँको सेनाले थ्याम लुआङ्ग गुफामा जमेको पानी निकाल्न चार किलोमिटर लामो पाइप बिच्छ्याउन थालेको हो । 

उद्धारकर्ताहरूले उनीहरूलाई तीन दिनअघि पानीको भेल पसेको एउटा विशाल गुफाभित्र जीवितै भेटेका थिए। तर उनीहरुलाई तत्कालै बाहिर निकाल्न असम्भव भएपछि पहिले पानी निकाल्ने तयारी थालिएको हो । 

उनीहरुको खोजीमा संलग्न थाई जलसेनाले पहिले गुफामा जमेको पानीको भेललाई बाहिर निकाल्न पाइप बिच्छ्याउन थालेको हो । गुफामा फसेकाहरुले बाहिर निस्कन पौडी खेल्न दक्ष हुनुपर्ने बाध्यता रहेकाले पहिले गुफाबाट पानी नै तान्ने उपाय खोजिएको हो । पानीको सतह घट्न कम्तीमा पनि तीनदेखि चार महिना लाग्ने भएपछि पाइपबाट पानी तान्ने प्रयास थालिएको हो । 

घुम्न गएको अवस्थामा १२ दिनअघि यो गुफामा २५ वर्षीय फुटबल प्रशिक्षक तथा ११ देखि १६ वर्षसम्मका १२ किशोर फसेका थिए । सु्रुमा उनीहरु गुफामा पस्दा पानी थिए । तर उनीहरु गुफामा पसेपछि भीषण बर्खासँगै बाढी आएपछि फस्न पुगेका थिए ।

९ दिन लामो खोजीकार्यका क्रममा गुफाको बाहिरी मुख भन्दा करिब ४ किलोमिटर भित्र उनीहरु भेटिएका थिए । बाढी पसेको गुफामा पानीको सतहले नपुरेको ढुंगामा बसिरहेको अवस्थामा उनीहरु फेला परेका थिए । 

पानीको सतह तत्काल नघट्ने अवस्था आएपछि उनीहरुलाई खानेकुरा तथा अन्य बन्दोबस्तीका सामान थाई जलसेनाले पठाउने कोशिश गरिरहेको छ। उनीहरुलाई सुरुमा खानपान र औषधि दिएपछि पौडी खेल्न सिकाउने उपाय पनि थाई सेनाले निकालेको छ ।

त्यहीकारण गुफाको भित्री भागसम्म चार किलोमिटर पाइप बिच्छयाउने कोशिश थालिएको हो । सुरुमा सेनाले गहिरो पानीमा श्वास फेर्ने उपाय सिकाएर बाहिर निकाल्ने कोशिश गरेको थियो तर यो धेरै जोखिमयुक्त भएपछि पाइप नै बिच्छ्याउन थालिएको हो

उद्दार टोलीका एक सदस्यले बिहीबार बताए अनुसार गुफाको भित्री भागमा पुग्ने कोशिश भइरहेको छ । औद्योगिक पाइप भित्रसम्म जोड्न सकेमा पानी घटाएर लाइफ ज्याकेटको भरमा उनीहरुलाई निकाल्ने कोशिश सेनाले गरेको हो । उनीहरुलाई बचाउन बेलायत, चीन, म्यान्मार, लाओस, अस्ट्रेलिया र थाइल्यान्डका विशेषज्ञको टोली लागेको छ । 

उद्भार टोलीले गुफामा १.५ किलोमिटर भित्रसम्म रहेको फोहोर सफा गरिसकेको छ। ती किशोरहरुसम्मम पुग्न अझै २.५ किलोमिटर क्षेत्रलाई सफा गर्नुपर्नेछ । अर्कातिर मौसम विभागले शनिबार ठुलो पानी पर्ने चेतावनी दिएको छ । 

गुफा हेर्न गएका बेला बाढीमा फसेका यी किशोरहरु अन्डर-१६ फुटबल टिमका सदस्य हुन्। यी खेलाडीहरु अभ्यास खेलपछि गुफामा पसेका थिए । उनीहरु १० किलोमिटर लामो गुफामा फसेका हुन् । बर्षातको मौसमममा यो गुफा जुलाईदेखि नोभेम्बरसम्म बन्द रहन्छ । यो गुफा म्यान्मार र लाओसको सीमानजिकै नेशनल पार्कमा अवस्थित छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.