साताको अन्तिम दिन सेयर बजारमा हरियाली, लगानीकर्तालाई राहत
काठमाडौँ: लामो सयमदेखि निराश बनाइरहेको सेयर बजारले बिहीबार लगानीकर्तालाई राहत दिएको छ। नेकपा नेतृत्वको सरकार बनेसँगै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार बिहीबार दोहोरो अंकले उकालो लागेको हो ।
सेयर बजारको मापक नेप्से परिसूचक बिहीबार ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । बिहीबार ‘क’ वर्गका कम्पनीको सेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ ।
लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन सेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता सेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।
स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । आज व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।