कोशीमा छोराको शव बगाएको तस्बिरले जित्यो ‘फोटो अफ द इयर’ को उपाधि

कोशीमा छोराको शव बगाएको तस्बिरले जित्यो ‘फोटो अफ द इयर’ को उपाधि

काठमाडौं : फोटो पत्रकार नरेन्द्र श्रेष्ठले सप्तरीको कुलारी गाउँमा बाबुले छोराको शव सप्तकोशीमा बगाउँदै  गर्दा खिचेको तस्बिरले ‘फोटो अफ द इयर’को उपाधि जितेको छ। फोटो पत्रकार क्लबको आयोजना गरेको प्रतियोगितामा गत वर्ष कुलागी गाउँमा पुगेर श्रेष्ठले खिचेको तस्बिरले यो वर्षको आईएमई ग्लोबल आईएमई फोटो अफ द इयरको उपाधि जितेको हो। 

‘फोटो अफ द इयर’को उपाधि जितेका श्रेष्ठले एक लाख रुपैयाँ नगद पाएका छन्। पुरस्कार वापतको रकम श्रेष्ठले छोराको शव सप्तकोशीमा बगाउँने कमल सदा र पत्रकार यादव थपलियाको परिवारलाई दिने भएका छन्। पत्रकार श्रेष्ठले सदाको परिवारलाई ७० र थपलियाको परिवारलार्य ३० हजार रुपैयाँ दिने जानकारी गराएका हुन्। 

दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन्। सुनिता अन्नपूर्ण पोस्ट्की फोटो पत्रकार हुन्। 

त्यस्तै, अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा एक्सिपेरियन्स नेपाल कल्चर एन्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे। त्यस्तै डिसहोम एक्सन स्पोर्ट्स विधाको उपाधि प्रतीक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनीष पौडेलको फोटो प्रथम भयो।

आईएमएस डेली लाइफमा दुर्गा रानामगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा सञ्जोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए। नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो। 

एक्सपेरियन्स नेपाल ‘कल्चर एन्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो। डिसहोम एक्सन स्पोर्ट्समा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्ज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो। 

‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो। त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो।

वल्र्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटो पत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटो पत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटो पत्रकार एवम् क्लबका निर्वतमान अध्यक्ष प्रकाश माथेमा थिए।

‘फोटो अफ द इयर’ विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.