ब्राजिलले विश्वकप ट्रफी उचालेको हेर्न चाहन्छु : म्याराडोना
जारी विश्वकपमा मैले ब्राजिललाई उपाधिको बलियो दाबेदार मानेको छु । म आफैं पनि ब्राजिलले विश्वकप ट्रफी उचालेको हेर्न चाहन्छु । मैले दक्षिण अमेरिकी भएर ब्राजिलको समर्थन गरेको होइन । एउटा खेलाडीको आँखाले हेर्दा पनि यो विश्वकप जित्ने क्षमता ब्राजिलसँग मात्रै देखेको छु ।
मलाई ब्राजिलका प्रशिक्षक टिटेको क्षमतामा पनि विश्वास छ । उनी प्रतिद्वन्द्वीअनुरूप रणनीति बनाउन खप्पिस छन् । उनको रणनीतिलाई खेलाडीले पनि मैदानमा अवलम्बन गर्दै आएका छन् । ब्राजिलियन टोलीमा थुप्रै युवा प्रतिभा छन् । उनीहरू विश्वकप ट्रफी उचाल्ने क्षमता पनि राख्छन् ।
आफू हाँसोको पात्र बन्ने वा उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जित्ने भन्ने विषयमा नेमारले पनि निर्णय लिनुपर्छ । उनीजस्ता उत्कृष्ट खेलाडीले अनावश्यक नाटक गरेको सुहाउँदैन ।
–डिएगो म्याराडोना,अर्जेन्टिनाका पूर्वखेलाडी