फूटबल स्टारको कार मोह

फूटबल स्टारको कार मोह

काठमाडौं : विश्वकप फूटबलको रौनक संसारभर छाइरहेको छ। नेपालीहरुको पनि लोकप्रिय खेल फूटबल नै हो। विश्वकपको कारण नेपाल पनि फूटबलमय भएको छ। सामाजिक सञ्चालको भित्तादेखि चिया गफमा फूटबल मि श्रीत कढ देख्न सकिन्छ। विश्वकपको दौरान खेलाडीले पस्कने खेल कौशलका आधारमा उनीहरु संसार भरको दर्शकको नजरमा पर्न सफल हुन्छन् र भइरहेका पनि छन्। प्रत्येक चार÷चार वर्षमा आयोजना हुने फूटबलको महाकुम्बले स्टार खेलाडी जिरो र चर्चामै नरहेका खेलाडी हिरो बनाउने गर्छ।

खेलाडीको संसार खेल मैदानमा मात्र सिमित हुने गरेको छैन। मैदान बाहिर पनि खेलाडीको छुट्टै संसार हुन्छन्। स्टार खेलाडीले मैदान बाहिर गर्ने गतिविधि प्रति पनि फ्यानहरुले चासो राख्ने गर्छ। राम्रा खेलाडीसँग नाम र दाम दुवैको कमी हुन्। पैसामा बढोतरि भएसँगै मानिसको शौख पनि बढ्दै जान्छ। खेलाडीमा पनि विभिन्न विलासिताको वस्तु संचय गर्ने शौख हुन्छ। खेलाडीहरुको कार प्रति अथक मोह देखाउने गरेका छन्। त्यसैले विभिन्न समयमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेमार जुनियरलगायतका खेलाडीले आफ्नो इन्ट्राग्राम एकाउन्टमा कारसहितको फोटो पोष्ट गरेको देख्न सकिन्छ।

क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्ट्राइगर खेलाडी क्रिस्टियानो रोनाल्डो कार पारखी हुन्। उनीले २२ कार किनिसकेका छन्। प्रत्यक वर्ष उनले कार परिवर्तन गर्दै आएका छन्। उनको पहिलो कार अडी एस३ हो। पोर्चुगलको फूटबल क्लब स्र्पोटिङ लेसवनबाट म्यानचेष्टर यूनाइटेडमा आए पछि मात्र उनले कार खरिद गरेका थिए। २१० हर्स पावरको अडीबाट यात्रा सुरु गरेका रोनाल्डो विलासी कारको शौखिन बनिसकेका छन्। म्यानचेष्टर यूनाइटेडबाट सन् २००९ मा तत्कालिन समयको सर्वाधिक राशिमा ८० मिलियन अमेरिकी डलरमा रियाल म्याड्रिडमा स्तान्तरण भएका थिए। रियलले उनीसँग प्रति वर्ष १० मिलियन अमेरिकन डलर पारि श्रमिक दिनेगरी सन् २०१५ सम्मको सम्झौता गरेका थियो। रियलमा प्रवेश गरे लगतै उनको तलबसँगै ब्रान्ड भ्यालू पनि आकाशिएको थियो। विश्वका ठूला व्यापारिक घराना उनीसँग जोडिन लालायित हुन्थे। रियले दिने पारि श्रकिकको साथै विभिन्न व्रान्डको प्रमोसनबात उनको आम्दिानी बढ्ने क्रम सुरु भएको थियो। उनी सानै उमेर देखि कारका सोखिन थिए। बाल्यकालमा महँगो कार किन्ने सामथ्र्यता नभएपनि उनीसँग कारका थुप्रै खेलाउना थियो। कार प्रतिको लगावकै कारण उनले रियल आएकै वर्ष ६ वटा कार किने।

रोनाल्डोको खेल तीब्र गति छ। उनको खेल कौशल अनुरुपको कार त विकशित हुन पक्कै सकेको छैनन्। चितुवा जस्तै तीव्रगतिमा बल गुडाउने क्षमता भएका रोनाल्डो सन् २०१७ देखि बुकाडी चिरोन कार चढिरहेका छन्। यो कार उनको व्यक्तित्व अनूरुप सुहाँदो पनि छ। चार सय १७ किलोमिटर प्रतिघण्टाको अधिकत गतिमा कार गुड्छ। चिरोनलाई मानिसहरु सुपर कार भन्दा पनि हाइपर कार भन्न रुचाउँछन्। महँगा कार किन्ने क्षमता राख्ने व्यक्तिले पनि चिरोन खरिद गर्न सक्दैन। कम्पनीले विशेष क्षमता राख्ने व्यक्तिलाई मात्र कार बेच्ने गरेको छ। कम्पनीले हालसम्म यो मोडलको पाँच सय कार मात्र उत्पादन गरेको छ। कम्पनीले रोनाल्डोका लागि भनेर उनको ट्रेडमार्क ‘सीआरसेभेन’ भएकै कार निर्माण गरेर बेचेको थियो। चिरोन खरिद गर्नका लागि रोनाल्डोले चार मिलयन अमेरिक डलर खर्च गरेका थिए। कारमा कुनै खराबी देखिएमा रोनाल्डोको एक कलको भरमा बुकाडीका मेकानिक प्लेन चढेर आउने गर्छन।

लियोनल मेस्सी

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सीले ३० लाख ५५ हजार अमेरिकी डलर बराबरको कार जोडेका छन्। मेस्सीसँग महँगा र उच्च रफतारका १० वटाभन्दा धेरै कारको कलेक्सन छ। उनीले प्रयोग गर्ने कारमा प्यागोनी जोन्डा रोडस्टर सर्वाधिक मूल्यको छ। रोडस्टरको मूल्य २० लाख अमेरिकी डलर छ। यो संसारकै महँगो कार मध्येको एक कार भए पनि अहिलेसम्म कारले रोडमा गुडने अनुमति भने भएको छैन। कम्पनीले सन् १९९९ देखि रोडस्टर कर निर्माण गरिरहेको छ। १९ वर्षको अवधिमा कम्पनीले जम्मा ४० वटा कार मात्र निर्माण गरेको छ।

मेस्सीसँग उच्च रफतारका मसेराटी ग्य्रान टुरिज्मो एमसी स्ट्रडल एक लाख ४५ हजार अमेरिकी डलर, मसेराटी ग्य्रान टुरिज्मो एस एक लाख ३२ हजार अमेरिकी डलरको कार पनि छ। यस्तै फरारी एफ४३० स्पाइडर दुई लाख २८ हजार अमेरिकी डलर, अडी आर८ भी१० एक लाख ४५ हजार अमेरिकी डलर, प्यागोनी जोन्डा रोडस्टर २० लाख अमेरिकी डलर, मर्सिडिज एसएलएस दुई लाख ६५ हजार अमेरिकी डलर उनको ग्यारेजमा देख्न सकिन्छ।

मेस्सी भारतीय कार निर्माता कम्पनी टाटाका ब्रान्ड एम्वेस्डर पनि हुन्। उनले टाटाको विज्ञापनमा मेस्सीले टियागो कार चढेको देख्न सकिन्छ।

ह्यारी केन

रसिया विश्व कपमा प्रिक्वाटर फाइनलको खेल सकिँदासम्मको सर्वाधिक गोलकर्ता हुन्, इंग्ल्यान्डका कप्तान तथा टोटेनहम हट्स्परका फरवाड ह्यारी केन। २४ वर्षीय खेलाडीमा गोल गर्ने सक्ने अदभूत कला छ। उनी अघिल्लो दुईवर्षका इंग्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता बनेका थिए। भने, २०१७÷१८ को सिजनमा उनी गोल्डेन बूटको होडमा दो श्रो स्थानमा रहेका थिए। उनलाई लिभरपूरका फरवाड मोहमद सालाले २ गोलले पछि परेका थिए। अघिल्ला दुई सिजनमा २५ र २९ गोल गरेका केनले आफ्नो व्यक्तिगत प्रदर्शनीमा सुधार गर्दै पूरा सिजनमा टोटेनहम हट्स्परबाट ३० गोल गरेका थिए।

इंग्ल्यान्ड र टोटेनहमका फूटबल फ्यानका आशाका केन्द्र केनले इंग्ल्यान्डमै उत्पादन भएको कार चढ्ने गरेका छन्। उनीसँग रेन्ज रोभर, बेन्टली र जगुवार कार छ। ती सबै कार इंग्ल्यानमै बनेका हुन्। केन भन्छन्, ‘इंग्ल्यानमै उत्पादन भएको कार चढ्न पाउँदा गौरवित ठान्छु, जगुवारलाई एकदमै माया ग¥छु। यो कारमा छोरी, श्रीमती र कुकुरा बस्नका लागि प्रयाप्त छ। स्र्पोटी डिजाइन भएको पारिवारीक कार हो। यसको मूल्य पनि महँगो छैन।’

सर्वकालिन समयको स्टार फरवाडको तुलनामा केनको तलब न्युन छ। उनलाई टोटेनहमले हप्ताको एक लाख २० हजार अमेरिकी डरल पारि श्रमिक बापत दिने गरेको छ। टोटेनहमले खोलाडीको खेल कौशलको तुलनामा परि श्रमिक न्युन दिएको कारण देखाउँदै उनका पूर्व सहकर्मी तथा राइट ब्याक केल वाल्कर गत सिजन म्याचेस्टर सिटी गएका थिए। वाल्करले अहिले सिटीबाट हप्ताको एक लाख ६० हजार अमेरिक डलर कमाउँछन्।

किलियन एम्बाफे

कलिलो उमेरमै स्टार फूटबलर बन्न सफल खेलाडी हुन्, फ्रान्स तथा पीएसजीका फरवार्ड किलियन एम्बाफे। विश्वकप फूटबलमा लियोनल मेस्सीको अर्जेन्टिनासँगको खेलबाट विश्व फूटबल समर्थको नजरमा उनी पर्न गएका थिए। त्यस खेलमा उनले दुई गोल गर्नुका साथै फ्रान्सको पहिलो गोलका लागि पेनाल्टी जितेका थिए। उनले आफ्नो खेल कौशल २०१६÷१७ को सिजनमै देखाइ सकेका थिए। त्यस समय उनी फ्रान्सको क्लब मोनोकोबाट व्यवसायीक फूटबल खेल्थे। उनको उत्कृष्ट खेलका कारण मोनाकोले २०१६÷१७ फ्रेन्च लिग र च्याम्पियन लिगको सेमिफाइनलसममको यात्रा तय गरेको थियो। उक्त सिजनको च्याम्पियन लिगको क्वाटरफाइनल खेलमा पेप गोडियोलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीको घरेलु मैदानमा गएर दुई गरेर आफ्नो टोलीलाई विजयी बनाएका थिए। गत सिजनमा उनी ऋण सम्झौतामा पीएसजीसँग अनुबन्धीत भएका छन्। विश्व फूटबलको सर्वाधिक धन राशिमा बाजिलियन नेमार अनुबन्ध गरेको कारण फिफाको फाइनान्सीङ फेयर प्लेको मादण्डमा रहनका लागि पीएसजीले उनलाई दुई वर्षको ऋणमा टोलीमा समावेश गरेको थियो।

हप्ताकै लाखौ डलर कमाउने एम्बसेको कार प्रतिको लगाभ राम्रै देखिन्छ। उनीसँग पाँच लाख ६० हजार अमेरिकी डलर बराबरको फेरारी, एक लाख ४० हजार अमेरिकी डलर बराबरको बीएमडब्लु र ४० हजार अमेरिकी डलर बराबरको मसिडिर्ज बेन्च र अडी कार खरिद गरिसकेका छन्। मोनोकामा उनले हप्ताको एक लाख २० हजार अमेरिकी डलर कमाउँथे। अहिले उनको हप्ताको तलब तीन गुणाले बढोत्तरी भएको छ। पीएसजीले उनलाई हप्ताको तीन लाख ८० हजार अमेरिकन डलर दिने गरेको छ।

नेमार जुनियर

ब्रजिलियन सुपर स्टार नेमार जुनियर सर्वाधिक महँगा फूटबलर हुन्। पीएसजीले आफ्नो क्लबबाट खेलाउनका लागि बार्सिलोनालाई दुई करोड ३० लाख अमेरिकी डलर तिरेको थियो। पीएसजीको बहुमूल्य गहना नेमारमा विलासि वस्तु प्रति निकै मोह देख्न सकिन्छ। उनीसँग १३ लाख अमेरिकी डलर बराबरको कारको कलेक्सन छ। उनको विलासी वस्तु प्रतिको मोह कारमा मात्रै सिमित छैन। उनीसँग आफ्नै आठ लाख अमेरिकी डलर बराबरको निजी जेट प्लेन पनि छ। बार्सिलोनामै हुँदा हप्ताको दुई लाख ६० हजार अमेरिकी डलर कमाउने नेमारलाई पीएसजीबाट ६ लाख अमेरिकी डलर तलब खाइरहेका छन्।

उनले ड्राइभिङ लाइसेन्स पाएको दिनै कार किनेका थिए। यसले पनि नेमार कार कति पारखी हुन् भन्ने कुरा प्रष्ट पार्छ। सन् २०११ मा ब्राजिलियन क्लब सान्तोसबाट व्यवसायीक खेल्ने क्रममा १८ वर्षकै उमेरमा कार किनेका थिए। उनको पहिलो कार भोल्वो एक्ससी६० हो। त्यस समयमै उनले कार किन्न मात्रै ७५ हजार अमेरिकी डलर खर्च गरेका थिए।

महँगा खेलाडी नेमारसँग पैसाको कुनै अभाव छैनन्। तीब्र गतिमको खेल खेल्ने नेमारको रोजाइमा रेसिङ कारहरु नै छन्। नेमारसँग फरारी ४५८, मसाराटी एमसी१२एस, अडी आरएस७, पोर्सची पनामेरा टर्बो लगायतका रेसिङ कार खरिद गरिसकेका छन्। यी सबै कारको मूल्य एक लाख अमेरिकी डलरभन्दा धेरै छ। उनी महँगो कार मात्रै खरिद गर्दैन। उनीसँग ५५ लाख अमेरिकी डलरको फक्सवागन कार पनि छ। त्यसैले त उनी कारका पारखी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.