सर्वाधिक सफलविरुद्ध सदाबहार

सर्वाधिक सफलविरुद्ध सदाबहार

मस्को : रुस विश्वकपको दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार उपाधिको दाबेदार मानिएका दुई टोली ब्राजिल र बेल्जियम एकअर्काविरुद्ध भिड्दै छन् । यो खेलले विश्वकपमा ब्राजिलको दबदबा कायम रहने वा उपाधिका लागि नयाँ टोलीको उदय हुनेमध्ये एउटा सम्भावनालाई जीवित राख्नेछ । ब्राजिल र बेल्जियममा जारी विश्वकपमा सशक्त प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म आइपुगेका टोली हुन् ।

यी दुवै टोलीले क्वार्टरफाइनल चरणअघिका चार खेलमा पराजय बेहोरेका छैनन् । ब्राजिल प्रिक्वार्टरफाइनल चरणमा मेक्सिकोलाई २–० र बेल्जियम एसियाली टोली जापानलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । प्रतियोगिताकै सशक्त यी दुई टोलीबीचको यो खेललाई सर्वाधिक सफलविरुद्ध सदाबहार टोलीको प्रतिस्पर्धाको रूपमा समेत हेरिएको छ ।

बेल्जियम यस्तो टोली हो, जो सधैं बलियो रहेर पनि विश्वकपजस्ता ठूला प्रतियोगिताको उपाधि होडमा पछि पर्दै आएको छ । बेल्जियमसँग यस पटक पनि आफ्नो त्यही अभागी छविलाई परिवर्तन गर्ने चुनौती छ । बेल्जियमले जापानविरुद्ध दोस्रो हाफमा दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट ‘कमब्याक’ गर्दै ३–२ को जित हात पारेको थियो । बेल्जियमको यो कमब्याक विश्वकप फुटबलको नकआउट चरणमा ९० मिनेटभित्र कुनै पनि टोलीले गरेको ५२ वर्षपछिको उत्कृष्ट कमब्याक हो । यसअघि पोर्चुगलले सन् १९६६ मा दक्षिण कोरियाविरुद्ध यस्तै उत्कृष्ट कमब्याकसहित जित हात पारेको थियो ।

त्यही प्रदर्शनबाट हौसिएको बेल्जियमले ब्राजिलविरुद्ध जित निकाल्न सक्ने सम्भावना पनि छ । यद्यपि त्यसका लागि बेल्जियमले जारी प्रतियोगितामा केही कमजोर देखिएको आफ्नो रक्षापंक्तिमा व्यापक सुधार गर्नु आवश्यक छ । बलियो बेल्जियमसँगको खेलअघि ब्राजिललाई भने आफ्नो दुई सशक्त खेलाडी मार्सेलो र कासेमिरोको अनुपस्थितिले केही चिन्ता थपेको छ।

चोटग्रस्त मार्सेलोले बेल्जियमविरुद्ध खेल्ने निश्चित भइसकेको छैन भने लगातार दुई खेलमा पहेँलो कार्ड बेहोरेका कासेमिरो निलम्बनमा छन् । यद्यपि जारी प्रतियोगिताका सबै खेलमा आक्रमण, मिडफिल्ड र रक्षापंक्ति सबै क्षेत्रमा सन्तुलित देखिएको ब्राजिल बेल्जियमविरुद्ध पनि जित निकाल्नेमा ढुक्क छ । यी दुई टोलीबीच विश्वकपमा हालसम्म एक पटक मात्र सन् २००२ को प्रिक्वार्टरफाइनल चरणमा भेट भएको छ । त्यतिबेला रिभाल्डो र रोनाल्डोले एक÷एक गोल गरेपछि ब्राजिल विजयी बनेको थियो ।

बेल्जियमविरुद्धको खेलअघि ब्राजिललाई आफ्नो एउटा तथ्यले अझ हौस्याउने काम गरेको छ । ब्राजिल सन् १९९४ मा अमेरिकामा भएको विश्वकपपछि प्रत्येक संस्करणमा कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । त्यसमध्ये सन् १९९४ र सन् २००२ मा उसले उपाधि नै जितेको थियो भने सन् १९९८ मा उपविजेता बनेको थियो । जितको यही लयलाई कायम राखे ब्राजिल विश्वकपको छैटौं उपाधि जित्ने आफ्नो योजना पुरा गर्न सफल हुनेछ ।

विगतमा यी दुई टोली

कुल खेल: ४

ब्राजिल विजयी: ३

बेल्जियम विजयी: १

बराबरी: ०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.