तोकिए क्वार्टरफाइनल खेलाउने रेफ्री

तोकिए क्वार्टरफाइनल खेलाउने रेफ्री

मस्को : विश्व फुटबल महासंघ (फिफा)ले जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल खेल खेलाउने रेफ्रीहरूको टुंगो लगाएको छ । क्वार्टरफाइनल खेल शुक्रबार र शनिबार खेलाइने छ । फिफाले चारवटा क्वार्टरफाइनल खेल खेलाउने जिम्मेवारी दक्षिण अमेरिकी र युरोपेली राष्ट्रका रेफ्रीलाई सुम्पिएको छ । जारी विश्वकपको शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेको सामना गर्दैछ ।

निझ्नी नोभगोरोद रंगशालामा खेलाइने दुई पूर्वविजेता फ्रान्स र उरुग्वेबीचको उक्त खेल अर्जेन्टिनी रेफ्री नेस्टर पिटानाले खेलाउने फिफाले जनाएको छ । पिटानाले यसअघि जारी विश्वकपमा तीनवटा खेल खेलाइसकेका छन् । आयोजक रुस र एसियाली टोली साउदी अरेबियाबीच भएको प्रतियोगिताको उद्घाटन खेल पनि उनले नै खेलाएका थिए । रेफ्री पिटानाको राष्ट्र अर्जेन्टिना भने प्रिक्वार्टरफाइनल खेलमा फ्रान्ससँगै पराजित भएर उपाधि होडबाट बाहिरिएको थियो ।

यसैगरी शुक्रबार नै कजानमा ब्राजिल र बेल्जियमबीच अर्को क्वार्टरफाइनल खेल हुँदै छ । उक्त खेल भने सर्वियन रेफ्री मिलोराड माजिचले खेलाउने भएका छन् । गत मेमा भएको युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल पनि उनले नै खेलाएका थिए । रेफ्री माजिचको राष्ट्र सर्विया भने जारी विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो । दक्षिण अमेरिकी टोली ब्राजिल सर्वाधिक पाँच पटकको उपाधि विजेता हो ।

यसैगरी शनिबार सोचीमा हुने आयोजक रुस र क्रोएसिया बीचको खेल ब्राजिलियन रेफ्री स्यान्ड्रो रिस्सीले खेलाउने भएका छन् । उनले जारी विश्वकपमा यसअघि एक खेल खेलाएका थिए । समूहगत चरणमा क्रोएसिया र नाइजेरिया बीचको खेल उनले खेलाएका थिए । उक्त खेलमा क्रोएसिया २–० गोलले विजयी भएको थियो । अन्तिम क्वार्टरफाइनल खेल शनिबार नै स्विडेन र इङ्ल्यान्डबीच सामरामा खेलिने छ । उक्त खेलमा नेदरल्यान्ड्सका बोर्न क्विपर्सले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । इङ्ल्यान्ड सन् १९६६ को विश्वकप विजेता टोली हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.