हावाले उडायो मुक्त हलियाको छानो

हावाले उडायो मुक्त हलियाको छानो

दिपायल : मुक्त हलिया पुनर्स्थापनाअन्तर्गत डोटीमा निर्माण भइरहेका मुक्त हलियाहरूका घरका छाना हावाहुरीले उडाउँदा उनीहरू विचल्लीमा परेका छन्। सरकारबाट पहिलो किस्ता लिएर दिपायल–सिलगढी नगरपालिका–७ भवनडाँडामा निर्माण भइरहेका ११ घरमध्ये चार वटाको छानो मंगलबार आएको हावाहुरीले उडाउँदा मुक्त हलियाहरू विचल्लीमा परेका हुन्। हावाले छानो उडाएका ती घरमा मुक्त कमैया परिवार बस्न सुरु गरिसकेका थिए भने अन्य केही दिनमै पूर्ण हुने अवस्थामा थिए।

दोस्रो किस्ता नलिँदै घरको छानो हावाले उडाउँदा घर निर्माणको गुणस्तरमा पनि प्रश्न उठेको छ। सरकारी नियमअनुसार सरकारी रकमको सही सदुपयोगका लागि घर निर्माण गर्ने क्रममा प्राविधिकको प्रत्यक्ष निगरानी आवश्यक हुन्छ। तर डोटीमा प्राविधिकले नक्साबाहेक कुनै प्राविधिक परामर्श नदिएकाले यस्तो भएको मुक्त हलियाहरूले आरोप लगाएका छन।

मुक्तहलिया पुनस्र्थापना जिल्ला समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा घरहरूको अनुगमन भएको दोस्रो दिनमै हावाहुरीले घरका छाना उडाएको हो। मुक्त हलियाहरूले कमसल निर्माण सामग्री प्रयोग गरेकाले छानाहरू उडेका मुक्तहलियामध्येका एक डम्बर विकले बताए। सहरी विकास तथा भवन निर्माण डिभिजनका प्राविधिक गोविन्द पाठकले एक सय २५ वटा घरहरू एक्लैले हेर्न नभ्याएको बताए। उनले भने, ‘सेवा सुविधा छैन, सुरुमा नक्साको लेआउट गरेको थिएँ, त्यसपछि अनुगमन गर्न भ्याइएन।’

मुक्त हलिया पुनस्र्थापनाअन्तर्गत डोटीमा यस आर्थिक वर्षमा एक सय २५ मुक्त हलिया परिवारले घर निर्माणका लागि प्रतिपरिवार तीन लाख २५ हजारका दरले रकम पाएका थिए। सोहीअन्तर्गत विभिन्न स्थानमा घर निर्माण भइरहेका छन्। तीमध्ये ४० वटा घरहरू सम्पन्न भएको भन्दै निवेदन आएका भए पनि अन्य घर बन्न अझै बाँकी रहेको मुक्त हलिया पुनस्र्थापना जिल्ला समिति सदस्यसचिव एवं जिल्ला मालपोत कार्यालय प्रमुख सुनिलसागर जोसीले बताए।

‘हामीहरूले अनुगमनगर्दा घरहरू राम्रै देखिएकाथिए’, जोशीले भने, ‘हावाले उडाएका छानाहरू फेरी निर्माणको लागिहामीले भनिसकेका छौं।’ उनले एउटै प्राबिधिकभएकाले प्राबिधिक सल्लाह राम्रो नभएको बताए।

मुक्तहलियाहरूले पनिघर निर्माण हुँदाभएको खुसीअसारमाआएको हावाहुरीले छाना उडाएपछि हराएको बताएका छन। ‘अब घरमा बस्नपाईने भयो भनेर खुसि भएकाथियौं तर त्यो खसी छाना उडाएपनि निरासामा परिणत भयो’मुक्तहलियाखीनाकोलीले भनिन। मुक्तहलियाहरूले छाना उडाएपछि फेरि खर्च लाग्ने भएकाले सरकारले रकमथप्नुपर्ने माग गरेका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.