स्विट्जरल्याण्डका बच्चाहरुले यसरी उडाए नेमारलाई (भिडियो)

स्विट्जरल्याण्डका बच्चाहरुले यसरी उडाए नेमारलाई (भिडियो)

एजेन्सी : रुसमा जारी फिफा विश्वकपमा ब्राजिलका स्टार स्ट्राइकर नेमारले ब्राजिलियन टोलीको जितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिहेकाछन् । तर यतिखेर नेमारले विश्वकप मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनको भन्दा पनि उनले मैदानमा लड्को लड्यै गरेर देखाएको चर्तिकलाका विषयमा धेरै चर्चा भइरहेको छ । 

मैदानमा उनको चर्चिकलाका विषयमा अहिले संसारभर थुप्रै बहस भइरहेका छन् । कतिपयले उनको आलोचना गरेका छन् भने कतिले उनीमाथि फल गरिएकाले उनको गतिविधि स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् । 

अनलाइनहरुमा नेमारलाई व्यंग्य गर्दै थुप्रै ट्रोलहरु बनिरहेको छन् । थुप्रै रमाइला भिडियोहरु बनिरहेको छन् । यसै क्रममा स्विटजरल्याण्डका बच्चाहरुले नेमारको फुटबल मैदानमा लड्ने शैलीलाई भिन्न तरिकाले मजाक उडाएका छन्।   स्विट्जरल्याण्डका एक ब्लगरले ट्वीटरमा पोस्ट गरेको भिडियो भाइरल भइरहेको छ । 

भिडियोमा फुटबल मैदानमा १० जना बच्चाहरु एक–एक वटा बल लिएर आगाडी बढ्छन् । केही अगाडी बढेपछि पछाडीबाट कसैले 'नेमार' भनेर कराउँछ । त्यसपछि सबै बच्चाहरु बल छोडी पाल्टाङ–पुल्टुङ मैदानमा पल्टल्छन र खुट्टा समाउँदै, छटपटिँदै रोए, कराएको अभिनय गर्छन् । लडेपछि कोही उत्तानो परेर चिच्याएका छन् । कोही थुचुक्क बसेर खुट्टा समाउँदै रोएका छन् । कोही घोप्टो परेर छट्टिएकाछन् । बच्चाहरुको अभिनय निकै रमाइलो देखिन्छ । 

रुस विश्वकपमा ब्राजिल र स्विटजरल्याण्ड एउटै समूह ‘ई’ मा थिए । समूह चरणमा ब्राजिल र स्विटजरल्याण्डले १–१ को बराबरी खेलेका थिए । समूह उपविजेता बनेको स्विटजरल्याण्ड प्रिक्वाटरफाइलनमा स्वीडेनसँग पराजित भइ प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले भने मेक्सिकोलाई हराउँदै क्वाटरफाइलनमा स्थान सुरक्षित गरेको थियो । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.