क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सको खेल सुरु

क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सको खेल सुरु

मस्को : रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे र फ्रान्सबीचको खेलबाट क्वार्टरफाइनलकाे खेल सुरु भएको छ। 

पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन्।  उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । 

उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा छैनन् । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.