६ जनालाई संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

६ जनालाई संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न क्षेत्रका छजनालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७४’ प्रदान गरेका छन्।  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आठौं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित उपराष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा आधुनिक गीततर्फको पुरस्कार ६ दशकभन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो भने पाँच दशकभन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशिल नाट्यकर्मी मदनदाश श्रेष्ठले नाट्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार पाए।

नृत्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ दशकदेखि यो क्षेत्रमा क्रियाशिल अभिनेत्री एवम् नृत्यांगना सुभद्रा अधिकारीले पाइन्। त्यसैगरी ६ दशकभन्दा लामो समयदेखि मल्ल कालिन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्रा. डा. रामावतार यादबलाई नाट्य तर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो। रामावतार बिदेशमा भएकाले छोरा डा. बिजय यादबले उनको पुरस्कार ग्रहण गरेका थिए। 

शास्त्रीय संगीततर्फको पुरस्कार अग्रज बाद्यवादक एवं  शास्त्रीय संगीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो। यस्तै ६ दशकदेखि लोकसंगीतमा क्रियासिल गायक तथा संकलक एल.पी. (लक्ष्मीप्रसाद) जोशीले लोकसंगीत तर्पmको राष्ट्रिय प्रज्ञा पुरस्कार पाए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रिपति पुनले नेपाली लोक संगीत, लोक नृत्य, नाटकको संरक्षण गर्न सकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने बताए। उनले पुरस्कृतलाई बधाइ दिँदै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रशंसा गरे।

त्यसैगरी कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले मुलुक संघीय गणतन्त्रसँगै प्रादेशिक संरचनामा गएका बेला प्रज्ञा प्रतिष्ठानलाई विस्तार गर्नु पर्नेमा उल्टै गाभ्ने नाममा यस क्षेत्रलाई धरासायी बनाउन नहुने बताए। प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले यो पुरस्कारबाट पुरस्कृत कलाकारलाई राष्ट्रको गौरवसँग जोड्ने विश्वास व्यक्त गरे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.