खेलमा फर्किने ब्राजिलको प्रयास, रेनाटो एग्युस्टोको गोल
काठमाडौँः पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले खेलमा फर्किने कोशिश गरेको छ । खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको हो ।
दोस्रो हाफको सुरुबाटै ब्राजिलले निरन्तर बेल्जियममा दबाब बढाइरहेका बेला एग्युएस्टोले गोल गरेका हुन् । ब्राजिलले बल पोजेसन पनि ५८ प्रतिशत बनाएको छ । उसले अहिलेसम्म गोलका लागि आठवटा प्रहार गरिसकेको छ ।