बेल्जियमले ब्राजिललार्इ विश्वकपबाट घर फर्कायो

बेल्जियमले ब्राजिललार्इ विश्वकपबाट घर फर्कायो

काठमाडौँः बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 

उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन । 

बेल्जियमलाई अन्तिम ४ अर्थात् सेमिफाइनलमा लैजाने क्रममा एक गोल ब्राजिलले नै उपहार दियो । बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्णर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा जाली चुमेको थियो । 

म्यानचेस्टर सिटीबाट खेल्दै आउका फर्नान्डिन्होले हेडमार्फत बचाउने कोशिश गर्दा आफ्नै जाली चुम्न पुगेपछि बेल्जियम १–० ले अघि बढेको थियो । 

त्यसपछि ब्राजिलविरुद्धको खेलमा बेल्जियमले दोहोरो अग्रता बनायो । खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो ।  

काउन्टर एट्याकका क्रममा रोमेलो लुकाकुले दिएको बललाई अघि बढाउँदै डी एरिया भन्दा बाहिरबाट प्रहार गरेका उनले सुन्दर  गोल गरेरेर अग्रता २–० मा पुर्याए । रसियाको कजार एरिनामा भएको दोस्रो क्वार्टर फाइनल भिडन्तमा बेल्जियमले सुरुमै बनाएको अग्रतालाई अन्तिमसम्म जोगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 

ब्राजिलले पहिलो हाफमा दुई गोल खाए पनि दोस्रो हाफमा खेलमा फर्कने कोशिश गरेको थियो । बल पोजेसन भने ब्राजिलले ५८ प्रतिशतसम्म बनाएको थियो । 

पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले खेलमा फर्किने कोशिश गरेको थियो । खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको थियो ।

दोस्रो हाफको सुरुबाटै ब्राजिलले निरन्तर बेल्जियममा दबाब बढाइरहेका बेला ब्राजिलका लागि एग्युएस्टोले गोल गरेका थिए । उसले अहिलेसम्म गोलका लागि १० वटा बढी प्रहार गरेको थिो । 
तर त्यसपछि गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित हुँदै  क्वार्टर फाइनलबाटै घर फर्कियो । आजको खेलमा ब्राजिलका नेमार, कोटिन्हो, पाउलिन्हो र मार्सेलो जस्ता स्टार खेलाडीहरुलाई बेल्जियमको डिफेन्सले निरन्तर विफल बनाइदियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.