दार्चुलावासीका लागि धराप बन्दै पहिरो

दार्चुलावासीका लागि धराप बन्दै पहिरो

दार्चुला : भारतको धार्चुलाको खोतिलामा पहिरो खस्दा आवतजावतमा निकै समस्या भएको छ । असार १८ र १९ गते परेको मुसलधारे वर्षाका कारण लगातार पहिरो खस्न थालेको हो । भारतको खोतिला भन्ने स्थानको पहिरोले सीमा नदी महाकालीलाई पनि रोक्ने भएकाले त्यो पहिरो नेपालका लागि खतरा बनिरहेको हो ।

गत वर्ष पनि ठूलो पहिरो खसेर नेपालतर्फ ठूलो क्षति भएको थियो भने यस वर्ष पनि पहिरो खसेर मानिसलाई आवतजावतमा निकै समस्या परेको छ । महाकाली किनारदेखि सुरु भएर झन्डै ५ सय मिटर उचाइबाट खोतिलामा पहिरो खस्ने गरेको छ ।

त्यस ठाउँमा न मेसिन ल्याउन सकिन्छ न त मानिसले बाटो निर्माण गर्न सक्छन् । घाम लागेका बेला पहिरो खस्ने गरेको छ । पहिरोले दार्चुलावासीलाई निकै ठूलो दुःख दिन सक्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताए । ‘पहिरो हटाउन भारतीय पक्षसँग पटक–पटक पत्राचार गर्दा पनि कुनै वास्ता गरिएको छैन’, आर्चायले भने ।

०७३ सालदेखि सुरु भएको पहिरोले मानवीय क्षति नगरे पनि आवतजावतमा निकै समस्या भएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए । ‘गत वर्ष त्यो ठाउँमा ठूलो पहिरो खसेको थियो तर यस वर्ष पनि गत वर्षको भन्दा निकै ठूलो पहिरो खसेको छ’, उनले भने । उनले भारतको त्यो कमजोर पहाड खसेर कहिले सकिन्छ भनेर पर्खनुबाहेक विकल्प नरहेको बताए ।

पहिरो नियन्त्रणका लागि अध्ययन गर्न गएको नेपाल र भारतको टोलीले त्यस क्षेत्रलाई निकै जोखिम क्षेत्र घोषणा गरेको छ । तर, भारतीय पक्षले पहिरो हटाउने विषयमा खासै चासो नदिएर नेपाललाई झन् दुःख दिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.