पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

इस्लामावाद :  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताए । पाकिस्तानी अदालतले शुक्रबार शरिफलाई दश वर्षको जेल सजायको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उनले बताए । 

‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,’ पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भने ।  आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहेका शरिफ जेल सजाय भोग्न चाडै स्वदेश फर्किने बताए । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले स्पष्ट परेका छैनन् । 

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उनको भनाई छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् । इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजाय तोकेको हो । 

उनलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । 

नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त  भएका थिए। भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले  प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ । 

उनीमाथि लागेको आरोपको शरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् । 

अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सजाय तोकेको छ । त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.