ओखलढुंगामा एक सय ४६ पहिरो

ओखलढुंगामा एक सय ४६ पहिरो

ओखलढुंगा : ओखलढुंगा पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । एक सर्भेक्षणअनुसार ओखलढुंगामा साना ठूला गरी एक सय ४६ पहिरोले बस्ती जोखिममा पारेका छन् । 

जिल्ला भू–संरक्षण कार्यालय ओखलढुंगाले गरेको सर्वेक्षणमा साना ठूला गरेर एक सय ४६ पहिरोका कारण जिल्लाभर पहिरोको जोखिम छ । ७२ सालको भूकम्पपछि जिल्लाका एक दर्जन स्थानमा पहिरो गएको छ ।

उक्त पहिरोका कारण केही बस्ती नै विस्थापित छन् । पहिरो गएका एक सय ४६ स्थानलाई उच्च जोखिमयुक्त किटानसमेत गरिएको छ ।

ओखलढुंगाको धेरै पश्चिमी भू–भाग र सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिकाका केही क्षेत्र बढी जोखिममा रहेको भूसंरक्षण अधिकृत गंगाराम साहुले बताए ।  नगरपालिकाभित्र रहेका वर्णालु, विगुटार र सल्लेरी बाढी पहिरोको जोखिममा छन् ।

लिखु गाउँपालिकाका गाम्नाङटार, पोकली, खिजीदेम्बाको रगनी, खिजीचण्डेश्वरी पहिरोको बढी जोखिममा छन्’, जिल्ला भूसंरक्षण अधिकृत साहुले थपे, ‘यी क्षेत्रमा बग्ने लिखु नदी, खिजी र पोकली खोलाले जोखिम निम्त्याउन सक्छन् ।’

कमजोर भूसंरचना, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकका कारण जिल्लाभर बाढी पहिरोको उच्च जोखिम छ । कतिपय स्थानमा पहिरोको कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।

पहिरोले चिसुंगढीको माम्खा र सिद्धिचरण नगरपालिकाको बिगुटारमा पहिरोले बस्ती विस्थापित गरेको छ । पहिरोका कारण ठूलो मानवीय क्षति व्यहोर्नु नपरे पनि धेरै बस्ती बाढी पहिरोको जोखिममा छन् ।

अध्ययनअनुसार, हर्कपुर, प्राप्चा, रगनी, मूलखर्क, यसम, कालिका, विलन्दु, पोकली, खिजीफलाटे, खिजीचण्डेश्वरी, बाक्सा, च्यानम, फेदीगुठ लगायतका क्षेत्र पनि पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट भने स्थानीय सरकारले व्यवस्था गर्न सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.