सौह दिनदेखि गुफामा फसेका बालकले लेखे भावुक चिठी

सौह दिनदेखि गुफामा फसेका बालकले लेखे भावुक चिठी

बीबीसी : १६ दिनदेखि थाइल्याण्डको गुफामा फसेका बालबालिकाले आफ्ना अभिभावकलाई गुफाभित्रबाटै भावनात्मक चिठी पठाएका छन् । उनीहरुले अभिभावकलाई आफ्नो चिन्ता नगर्न आग्रह गरेका छन् ।

‘चिन्ता नगर्नु होस, हामी सबै ठिक छौ’, एक बालकले भावनात्मक रुपमा ठ्टटा गर्दै चिठीमा लेखेका छन्,‘ सर, हामीलाई धेरै गृहकार्य नदिनु होला है ।’ ती बालकले लेखेका छन् : अन्धकारभित्रबाट आमा, बुवा, दिदीलगायत सबैलाई माया, मेरोे चिन्ता नगर्नु होला , हामी सुरक्षित छौं । 

१६ दिनदेखि थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक उद्धार गर्न करिब  चार महिना लाग्ने अनुमान गरिएको छ। जुन २३ तारिखबाट हराइरहेका उनीहरु नौ दिनपछि भेटिएका थिए । उनीहरुको जुलाई ७ तारिक हुँदासम्म उद्धारको कुनै सम्भावना निस्किएको छैन । 

गुफामा घुम्न गएका उनीहरुलाई  बाढी पसेपछि भित्रै थुनेको हो । १२ बालबालिका र प्रशिक्षकलाई खाना र अक्सिजनको व्यवस्था गरिएको छ । उद्धारकर्मीले विभिन्न उपाय अपनाए पनि उनीहरुको तत्काल उद्धार हुने सम्भावना नभएको बीबीसीले जनाएको छ । उनीहरुको उद्धारक लागि गुफामा जमेको पानी सुक्नुपर्छ त्यसका लागि कम्तिमा अझै चार महिना लाग्छ ।

उद्धारमा खटिएका एकजना गोताखोरको मृत्यु भएपछि उनीहरुको उद्धार झन कठिन बनेको छ । फसेका बालकलाई खाना पुर्‍याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण एक गोताखोरको मृत्यु भएको हो ।उनको मृत्युपछि त्यहाँ पुग्न अक्सिजनको अभाव नहोस् भनेर विभिन्न उपाय अपनाइएको छ ।

उद्धारकार्यमा खटेका एकजना अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख भए अनुसार  उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाउने काम सुरु भएको छ। त्यसरी बाहिरबाट पारिएका प्वाल करिब तीन सय मिटर लामा छन्। 

प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्यास पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती बालकको उद्धार गर्न सजिलो पर्ने उनीहरुले बताएका छन् । 

यस्तो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान  छ । 

ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिरहेका समाचारमा जनाइएको छ ।

समाचारमा उल्लेख भए अनुसार अहिलेसम्म १२ बालक र एक प्रशिक्षकको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.