विमानस्थल पुगेका उपकुलपतिलाई प्रधानमन्त्रीले किन क्यानडा जान दिएनन् ?

विमानस्थल पुगेका उपकुलपतिलाई प्रधानमन्त्रीले किन क्यानडा जान दिएनन् ?

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहमा सहभागी हुन् क्यानडा उड्न लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई रोकेका छन् । कोइरालाकै नेतृत्वमा डा. गणेश घिमिरे, डा.नवराज कट्टेल, डा. लेखप्रसाद निरौला, डा. प्रेमराज न्यौपाने र उपाप्रध्यापक केशव कोइराला क्यानडा उड्न लागेका थिए। 

क्यानडा उड्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास भइसकेपछि नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कोइरालालाई बालुवाटार ल्याउन प्रहरीलाई निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीको निर्देशन अनुसार प्रा.डा कोइरालालाई प्रहरीले बालुवाटार पुर्याए पनि अन्य प्रतिनिधि भने कोरियन एयरबाट क्यानडा उडेका छन्। उनीहरु क्यानडामा हुने संस्कृत सम्मेलनमा सहभागी हुनेछन्। 

क्यानडा जान लागेका अर्का प्रतिनिधि उपप्रध्यापक केशव कोइरालाले प्रधानमन्त्रीको ठाडो निर्देशनमा उपकुलपति कोइरालालाई क्यानडा जान रोक लगाइएको बताए। प्रधानमन्त्रीको निर्देशनपछि कोइरालालाई फिर्ता गरिएको हो। क्यानडा उडेका प्रतिनिधिले बताए अनुसार यसअघि उपकुलपति कोइरालाले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई १२ दिनअघि नै सबै जानकारी गराएका थिए। तर, प्रधानमन्त्रीले किन अन्तिम समयमा बालुवाटार बोलाए भन्ने विषय खुल्न सकेको छैन। 

अन्य प्रतिनिधि सरकारी खर्चमा क्यानडा जान लागे पनि उपकुलपति प्रा.डा कोइराला निजी लगानीमा सम्मेलनमा सहभागी हुन जान लागेको खुलेको छ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी कमलबहादुर जिटीले भने उपकुलपति कोइरालालाई प्रहरीले पक्राउ नगरेको बताए।  ‘उहाँलाई प्रधानमन्त्रीबाट बोलावट भएपछि हामीले गाडीमा प्रधानमन्त्री कार्यालयमा पठाइदिएका हौँ,’डीआईजी जिटीले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.