९६आैं‌ अन्तर्राष्ट्रिय सहकारी दिवस : भूमि खण्डीकरण मुख्य समस्या

९६आैं‌ अन्तर्राष्ट्रिय सहकारी दिवस : भूमि खण्डीकरण मुख्य समस्या

काठमाडौैं : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले एकीकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा सहकारीले योगदान दिनुपर्ने बताए । उनले नेपालको अधिकांश भूमि खण्डीकरण भएकाले कृषि उत्पादनमा चुनौती रहेको उल्लेख गरे ।

९६औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा मन्त्री खनालले जमिन खण्डीकरणले कृषिमा आमुल परिवर्तन हुन नसकेको जिकिर गरे । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा सहकार्यमार्फत दीगो समाज भन्ने मुल नाराका साथ नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्र र सहकारीको पनि जिम्मेवारी रहेको बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले हात झिकेको खण्डमा दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताए । उनले जल, थल र आकासको संरक्षणमा देशभरिका सहकारीकर्मी लाग्नुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कन्ट्री डाइरेक्टर रेनाउड मेयरले नेपालको सहकारी अभियान जनसम्पर्क गर्ने उत्कृष्ट मञ्च बन्न सफल भएको बताए । उनले नयाँ संविधानले सहकारीलाई स्वीकार गरेको अवस्थामा दीगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले दीगो विकास लक्ष्य हासिल गर्न सहकारीको अनिवार्य सहभागिता गराइएको बताए । यी लक्ष्य हासिल गर्न आयोगले सहकारीसँग सहकार्य गर्ने उनले बताए ।

चितवन बचत संघ उत्कृष्ट

यसैबीच राष्ट्रिय सहकारी महासंघले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनलाई यस वर्षको उत्कृष्ट सहकारी घोषण गरेको छ । महासंघले देशभरिका ३२१ सहकारीबाट चितवनको बचत तथा ऋण सहकारी संघलाई उत्कृष्ट घोषणा गरेको हो ।

सोही अवसरमा पत्येक प्रदेशका एक÷एक सहकारीलाई उत्कृष्ट सहकारी घोषणा गरी पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट सहकारीलाई मन्त्री खनालले प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा एक केन्द्रीय संघसहित विभिन्न १० जिल्लास्तरीय सहकारी संघलाई कप्युटरसमेत प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.